घटनाको जिम्मेवार कांग्रेस–एमालेः प्रचण्ड
Advertise Here Book Now

७ माघ, काठमाडौं । 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संविधानसभाभित्र भएको घटनाको जिम्मेवारी सत्तारुद्ध दल कांग्रेस–एमाले भएको बताएका छन् । जबरजस्ती प्रक्रिया अगाडि बढाए प्रतिरोध गर्ने बताउँदा पनि कांग्रेस–एमालेले बलमिच्याइ गर्न खोजेकाले तोडफोडको जिम्मेवारी कांग्रेस–एमालेले लिनु पर्ने बताएका हुन् ।

राजधानीमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले सहमतिको प्रधानमन्त्री सुशील कोइरालाले भाँडेको आरोप लगाए । उनले भने,राजधानीमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले सहमतिको प्रधानमन्त्री सुशील कोइरालाले भाँडेको आरोप लगाए । उनले भने,‘सहमतिको लागि मैले दुई दिन ठन्डा दिमागले सोचेर सहमति गरौ भन्दा प्रधानमन्त्री कोइरालाले नै अब हामी प्रक्रियाबाट जान्छौ भनेर भाँडनु भो ।’
कांग्रेस–एमालेको कारण तोडफोड 
दुई रुढीवादी शक्ति पेलेरै जाने हो भनेर प्रस्तुत भए । माघ ८ मा संविधान नबन्ने नै भए पछि सहमतिमै संविधान बन्छ भन्ने सन्देश दिन खोज्दा खोज्दै संविधानसभा भित्र शान्तिपूर्ण रुपमा प्रस्तुत हुने भनेका थियौं । तर तोडफोड भयो त्यसले हामीलाई दुख लागेको छ त्यसको दोषी कांग्रेस–एमाले हुन् । त्यो आवश्यक थिएन । माओवादी फेरी जंगली व्यवहार गरयो भन्ने कुरा भए । त्यो सच्चाउन चाहन्छौं । संविधान नबन्दासम्म शान्ति प्रकृया टुंगोमा पुग्दैन । संक्रमणकालमा दुबै पक्ष आप्mनै तरिकाले जनताका बीचमा जान्छ । संख्या कम हुने जनतामा जानै पर्छ । जनतालाई सचेत बनाउन बन्द हडताल अपरिहार्य थियो । सञ्चार माध्यममा आक्रमण गर्नु हाम्रो उद्देश्य थिएन । त्यो अत्यन्त दुखद हो हामी छानविन गछौं । घुसपेठ भएको छ कि छैन ?त्यो पनि छानविन गछौं ।

सहमतिमै संविधान जारी गर्नुपर्छ
अझै पनि संवादको प्रकृया अघि बढाऔं । सहमतिमै संविधान जारी गर्नु पर्छ । सबै विषयमा सहमति सम्भव छैन । तर मुख्य विषयमा सहमति हुनै पर्छ । मतदान गर्न त एक सय २६ दिन लाग्छ । त्यो अवस्थामा प्रक्रियामा गएर संविधान सम्भव थिएन । त्यसैले भाागबण्डा नमिलेर हामीलाई दोष दिइरहेका छन् । मुख्य समस्या उनीहरुबीच नै थियो । हामी त संविधान माघ ८ मै जारी गर्न चाहन्थ्यौं ।उनीहरुले दिएनन भनेर उम्कले प्रयास थियो । 
संसारमै बहुमतिय प्रक्रियाबाट बनेको छैन 
१२ बुँदे सहझदारी गर्ने प्रक्रिका रुपमा गिरिजा र हामीबीच भूमिगत रुपमै छलफल भएको थियो । त्यतिबेला नै विभेदमा परेका, उत्पीडनमा परेका सबैका लागि समानता निर्माण गर्न सकिएन भने समस्या समाधान हुदैन भनेका थियौं । तर गिरिजाले नै त्यतैतिर जाने भने भनेपछि अहिलेको यात्रा तय भएको थियो । अघिल्लो संविधानसभामा पनि हामीले त्यो प्रयास गरयौं । तर सफल हुन सकेनौं । कांग्रेस एमालेले सरकार सञ्चालन बहुमतिय पक्रियामा गर्नु पर्छ भने । संविधान नबन्दासम्म सरकार पनि सहमतिमै र संविधान पनि सहमतिमै लेख्ने भनेका थियौं । हामी ठूलो पार्टी भएपछि सरकार बहुमतियबाट र संविधान सहमतिबाट बन्ने भनिएको हो । संसारमा कतै पनि संविधान बहुमतिय प्रकृयाबाट बन्दैन । आन्दोलनकारीहरुको सहमतिमै हुन्छ । आन्दोलन दवाउन खोज्नेहरुसँग सहमति हुँदापनि हुन्न । परिवर्तनकारीहको सहमतिबाट मात्र संविधान आउने गर्छ । यो पक्ष विचार गर्न जरुरी छ ।
अघिल्लो संविधानसभामा बलजफती गरेनौ
संविधानसभाले हिजोका प्रतिवद्धता र राजनीतिक समझदारी गर्ने काम भयो भने जो जान्छ त्यसैले विश्वासघात गरेको ठहरिन्छ । विश्वव्यापी मान्यता पनि त्यही हो । हिजो वर्गीय उत्पिडन र जातीय उन्मुक्ति नगरी सहमति विपरित गइन्छ भने हिजोका सहमतिको अन्त्य हुन्छ । सहमति भए पनि प्रक्रियामा जानु पर्छ । सवाल प्रक्रियाको होइन सवाल अन्र्तरबस्तुको हो । सहमति अनुसारको संविधान बनाउने कि नबनाउने त्यो मुख्य हो । अघिल्लो संविधानसभामा हामीले बलजफ्ती गरनौं । विवाद समाधान समितिको संयोजक हुँदा मेरो हातमा ४ सय १७ जनाको हस्ताक्षर थियो । तर कांग्रेस एमाले विपरित जान हुन्न त्यसले फेरी अर्को द्धन्द्ध निम्त्याउछ भनेर त्यसो गरिएन ।


अहिले गणितमा फेर बदल आयो 
तर भूमिका र मुद्धामा होइन । गणितको फरक आएपछि ०५२ साल अघिका शक्ति कांग्रेस, एमाले र पञ्चहरु अप्ठ्यारो अवस्थामा लैजान र परिवर्तन विरोधी शक्तिको रुपमा दर्ज भएकै हुन् । तर ०५२ साल पछिका शक्तिले गर्दा परिवर्तन भएको हो । गणित परिवर्तन भएपछि गम्भीर प्रश्न उठ्यो । सहमतिबाटै संविधान बनाउने हो भन पछि हामी संविधानसभामा प्रवेश गरेका हौं ।


हामी सहमतिकै पक्षमा छौ 
हामी सहमतिको प्रयास गरिरहेका थियौं । तर शासकिय स्वरुप, संघीयता र समावेशी प्रतिनिधित्यमा कांग्रेस एमाले टसको मस भएका थिएनन् । मैले रिस्क लिएरै निर्णय गरेका छौं । अस्ती पनि तपाईको दिमागमा संविधानसभा कसरी आएको हो भन्ने पनि छैन । त्यसलाई विर्सन खोज्दै हुनुहुन्छ भन्दै शासकिय स्वरुपमा फरक मत राखेर प्रकृया अघि बढाउन तयार छौं । तपाईहरु राज्य पुर्नसंरचचना र समावेशी प्रतिनिधितवमा सहमति भए भनेको थिए । जसले सहमति होला जस्तो पनि देखिएको थियो ।


सहमति हुन्छ भन्दा कांग्रेस एमाले नै छटपटाए
केही नेता छन् जो सहमति गर्नै दिन्नन् । सहमति हुन लागे जसरी पनि भाड्न सकृय हुने ती नेता तपाईहरुले सुक्ष्म ढंगले हेरे थाहा पाउनु हुन्छ । ती नेता त्यति बेला छटपटाएका थिए, सहमति हुन्छ कि भनेर । ओली र मेरो बीचमा डेढ घण्टा कुराकानी भयो । कुरा टुंगाऔं भन्दा ओली त्यति नकारात्मक थिएनन् । तर त्य जे हो त्यही सत्य जस्ताको तस्तै प्रेसित भएन । फेरी छलफल गर्ने भनेर बस्दा कुरा बांगिइसकेछ । संघीयतामा पनि सहमति भए फरक मत राखेर प्रकृया अघि बढाउने भनिएको थियो । सहमति नगर्नेमा सकृया प्रधानमन्त्री पनि हुनुभयो । उहाँ आफैले सहमति हुनै सक्दैन अव प्रकृया भन्न थाल्नुभयो ।


जबरजस्ती गर्दा प्रतिवाद 
हिजो ज्ञानेन्द्रले मै हो शक्ति मै गर्छुभन्दा हालत के भयो । जर्वजस्ती गर्न खोजे प्रतिवाद हुन्छ भनेर हामीले त्यही भनेका थियौं । कुनै कुरा पनि लुकिछिपि थिएन । योजना तोडफोड गर्ने भन्ने थिएन । प्रकृया रोक्ने भन्ने मात्र थियो । रोष्टम घेरेर नारावाजी गर्ने भनिएको थियो । तर जवस्जती अघि बढ्न खोजे जसरी पनि रोक्ने भन्ने पनि थियो । चिनकाजी हतार हतार रोष्टममा गएपछि प्रकृया अघि बढ्नेनै लाग्यो भनेपछि परिथिती बिग्रेको हो । जसले अहंकार गर्छ र जनतालाई दमन गर्न खोज्छ, सबै घटनाको जिम्मेवार त्यही हुनु पर्छ । परिवर्तन र विगतका सहमति कुल्चने त्यही हो द्धन्द्ध निम्त्याउने । कस्ले आक्रमण नगर्ने भन्दा भन्दै सञ्चार माध्यामलाई आक्रमण गरयो त्यसको नाम दिनसु हामी कारवाही गछौं । घुसपैठ भएको छ भन्ने हामीलाई पनि लागेको छ । अनुसन्धान गर्ने क्रममा छौं ।


हाम्रो बारेमा भ्रम सृजना गरियो
बाहिर हाम्रो बारेमा भ्रम श्रृजना भएको । मूल नेतृतवकै कम्जोरी हो कि भन्ने कुरा पनि आए । सडक आन्दोलन गर्नु हाम्रो बाध्यता थियो । गतसालको निवादेखि नै कांग्रेस एमाले राप्रपा जस्ता यथास्थितीवादी शक्ति हावी हुनुले जनताले चाहे जस्तो संविधान बन्दैन कि भन्ने आशंका थियो । तर अहिले झन तिनै शक्ति हावी भए अहिले पनि । अव बन्ने संविधान विगतका सहमतिका आधारमा बन्छ भनेपनि हामी संविधानसभाामा सहभागि भएका थियौं । त्यसैले अहिले मात्र माओवादीले विरोध ग¥यो भन्ने सत्य होइन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्