संघीयता नआए सीके राउतको पक्षमा लाग्ने सदभावना पार्टीको चेतावनी
Advertise Here Book Now

laxman lal karnकाठमाडौं । सद्भावना पार्टीका नेता लक्ष्मण लाल कर्णले मधेशी जनताको अधिकार सुनिश्चित गर्ने गरी संघीयतासहितको संविधान नआए आफूहरु सिके राउतको पक्षमा जाने चेतावनी दिएका छन ।
अहिले कुनै आन्दोलनमा भाग नै नलिएकाहरुको वर्चश्व रहेकाले समस्या आएको कर्णले बताए । ‘आन्दोलनमा नै भाग नलिनेलाई के को चाहियो ?’
एमाले नेता केपी ओली प्रति कटाक्ष गर्दै कर्णले भने, ‘कुनै पनि आन्दोलनमा सहभागी न भएका नेताहरूले मधेशी, माओवादी र थारुले आफ्नो अधिकारसहितको संविधान माग्दा विखण्डनकारीको संज्ञा दिँदै छन् ।’
संवाद समितिको प्रतिवेदनमाथि छलफल गर्न शनिबार बसेको संविधानसभाको बैठकमा बोल्दै कर्णले अझै पनि सहमतिको सम्भावना बाँकी रहेकाले सहमतिको साथ संविधान बनाउनुपर्ने पक्षमा आफूहरु रहेको बताए ।
आन्दोलनमा हजारौंले बलिदान दिए पनि अहिले उनीहरुको सहादतको कदर नगरिएकोमा आक्रोश व्यक्त गरेका छन् ।
उनले भने, ‘मधेश आन्दोलनमा ५२ जनाले सहादत प्राप्त गरेका छन्, थारु आन्दोलनमा पनि धेरैले सहादत प्राप्त गरेका थिए । त्यस्तै माओवादी आन्दोलनमा पनि १० हजार शहीद भएका छन् । नयाँ संविधान उनीहरुको अधिकार सहितको आउनुपर्छ ।’
Source:Madheshkhabar

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्