ग्यासको हाहाकार छ दिउसो नेश्नल ट्रेडिङ जानुस्
Advertise Here Book Now

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको हाहाकार भएपछि आँफै वितरण गर्न सुरु गरेको नेश्नल ट्रेडिङले आज पनि सर्वसाधारणलाई ग्यास बिक्री गर्ने भएको छ । हिजो बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म सर्वसाधारणलाई खाना पकाउने ग्यास बिक्रि यरेको नेश्नल ट्रेडिङले आज पनि दिउँसो १ बजेदेखि ४ बजेसम्म ग्यास बिक्रि वितरण गर्ने भएको हो । नेश्नल ट्रेडिङले सबै प्रकारका खाना पकाउने ग्यास उपभोक्तालाई १४ सय ७० रुपयाँमा उपलब्ध गराएको छ ।
ग्यास विक्रेता महासङ्घका महासचिव चन्द्र थापाका अनुसार अहिले देशभर मासिक ३० हजार मेट्रिकटन ग्यासको अभाव रहेको छ, तर १८ हजार मेट्रिकटन मात्र ग्यास आपूर्ति भइरहेको छ । सरकारले यो महिना २५ हजार मेट्रिकटन ग्यास आपूर्ति गर्ने जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्