आमालाई छुरा हानेर छोरी भगाउने सिरहाका तीन युवा पक्रा
Advertise Here Book Now

सिरहा, १३ माघ । आमालाई छुरा हानेर छोरी भगाएका तीन युवकलाई पक्राउ गर्न सिरहा प्रहरी सफल भएको छ ।सिरहाको गोलबजार नगरपालिका–८ की मीनादेवी साहमाथि छुरा हानेर उहाँकी १४ वर्षीया छोरी ममताकुमारी साहलाई लिएर भागेका तीन युवकलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ का महेन्द्र साह, सुरेश यादव र हकपारा गाविसका पप्पु दास रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।उहाँका अनुसार पाँच/सात जनाको समूहमा यही माघ ९ गते बेलुका गोलबजार–८ स्थित घरमै पुगेर मीनादेवीलाई छुरा हानेर उहाँकी छोरी ममतालाई भगाएका थिए । पक्राउ परेका तीनै जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिनुभयो ।घटनामा संलग्न केही युवा अझै फरार रहेका र उनीहरुको खोजी जारी रहेको उहाँले थप्नुभयो ।छुरा प्रहारबाट घाइते ममताकी आमा मीनादेवीको उपचार गोलबजार अस्पतालमा सम्भव नहुँदा विराटनगर लगिएको छ । विराटनगरस्थित न्यूरो अस्पतालमा मीनादेवीको उपचार भइरहेको छ । उहाँको गालामा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्