मोदीको धारा प्रवाह भाषणको राज खुल्यो (तस्वीरसहित)
Advertise Here Book Now

सम्बाददाता-
Modi Speech Gujrat
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अधिकांशतः हिन्दी भाषामा भाषण गर्नुहुन्छ र उहाँको त्यो भाषण निकै आकर्षक हुने गर्दछ । त्यस्तै कहिलेकाहीं अंग्रेजी भाषामा पनि हिन्दीकै जस्तो आकर्षक भाषण मोदीबाट पेश हुन्छ ।
तर, मोदीको धाराप्रवाह अंगेजी भाषणको राज भने आइतबार गुजरातको राजधानी गान्धी नगरमा आयोजित ‘गुजरात भाइब्रेन्ट समिट २०१५’ मा खुलेको छ । अंग्रेजीमा मात्र हैन हिन्दी भाषामा भाषण गर्दा पनि मोदीले यही प्रविधि अपनाउने गरेका त छैनन् भन्ने प्रश्न उठे पनि आमसभाहरुमा उहाँले दिएको भाषणलाई हेर्दा भने त्यस्तो लाग्दैन ।
त्यसो त मोदीलाई अंग्रेजी भाषामा भाषण गर्न नआउने हैन । उहाँले काठमाडौंमा कार्तिकमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनको उद्घाटन सत्रमा पनि मोदीले धाराप्रवाह रुपमा अंगेजीमा भाषण गर्नुभएको थियो ।
Technology Modi
तर आफ्नो भाषणलाई आकर्षक र प्रभावशाली बनाउन सूचना प्रविधिमा पोख्त र यसको उपयोग गर्न अत्यधिक रुची राख्ने मोदीले त्यस्तै प्रविधि अपनाउने गरेको खुलेको छ ।
‘गुजरात भाइब्रेन्ट समिट २०१५’मा मोदीले सूचना प्रविधिका दिग्गजहरुलाई मन्त्रमुग्ध बनाउन लिखित भाषण तयार गरी सुन्नेलाई अलिखित जस्तो लाग्ने बनाइयो । उहाँको भाषण सुन्ने सबैले अनुमान गरेका थिए मोदी मौखिक भाषण गरिरहनुभएको छ । तर, लगभग ११ पृष्ठ लामो भाषण विशेष प्रविधिको कमाल रहेछ भन्ने खुलासा भारतको दैनिक भास्करले गरेको छ ।
Techonology
मोदीले आफ्नो लिखित भाषणलाई अलिखित जस्तो बनाउन ‘स्पीच टेलिप्राम्प्टर’ प्रविधिको उपयोग गर्नुभएको थियो । यो प्रविधि कुनै ठगी वा भ्रम भने हैन । यसलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत उपयोग गर्ने गरेको बताइन्छ ।
अब आश्चर्य लाग्ला भाषण गर्नेले देख्ने दर्शकले नदेख्ने त्यो प्रविधिले कसरी काम गर्छ ? यही हो विज्ञानको चमत्कार । भाषण गर्ने व्यक्तिको नजिकै सिसा यसरी मिलाइएको हुन्छ कि त्यो दर्शकले देख्नै सक्दैनन् । यही सिसामार्फत भाषण गर्दै जाँदा त्यसको संचालन गर्ने प्राविधिकले पृष्ठ वा अनुच्छेदहरु बदल्दै जान्छन् ।
Tech

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्