पक्राउ परेका सिके राउतका कार्यकर्ताद्वारा भोक हडताल
Advertise Here Book Now

  • संवाददाता
बाँके, पुस २१– राष्ट्रिय अखण्डाताविरोधी गतिविधि गर्दै आएका डाक्टर सिके राउतलाई सहयोग गरेको अभियोगमा पक्राउ गरेका बाँके घर भएका इरफान शेष र बर्दिया घर भएका अब्दुल खान भोक हड्तालमा बसेका छन् ।Banke_district_location
बाँके प्रहरीले पक्राउ गरेर मुद्दा चलाए पछि तक्काल मुद्दा खारेज गरि रिहा गर्न माग गर्दै उनीहरुले भोक हड्ताल सुरु गरेका हुन् ।
बन्दी जीवन बिताई रहेका उनीहरु चारदिनयता भोक हडतालमा बसिरहेको बताइएको छ ।
सिके राउतको नेपालगंजमा हुने भनिएको आमसभाको तयारीमा जुटेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
यसैबीच बन्दीहरुसंग भेट्न पुगेको तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स मध्यपश्चिम उप क्षेत्रीय कार्यालयका संयोजक आलम खानले प्रहरीले गैर कानुनी रुपमा उनीहरुलाई पक्राउ गरेर झुठो अभियोग लगाएको दाबी गर्दै स्थानीय प्रशासनले मधेशी र मुस्लिम भएकै आधारमा भेदभाग गरेर पक्राउ गरेको आरोप लगाए ।
थर्ड एलायन्सले सोमबार एक जारी विज्ञप्ती नै जारी गरेर उनीहरुको रिहाईको माग गरेको छ ।
मधेसलाई छुट्टै देश बनाउनुपर्ने भन्दै खुलेआम अभियान चलाउदै आएका सिके राउतलाई सहयोग गर्ने कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको अवस्थामा एलाइन्सले यस्तो माग गरेको हो ।
-Ratopati
 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्