यस्तो छ, बन्दको तयारी, कहाँको मोर्चा कसले सम्हाल्ने ?
Advertise Here Book Now

प्रचण्ड–बाबुराम बानेश्वरको सडकमा निस्किने
morchaकाठमाडौं, ४ माघ । एमाओवादी नेतृत्वको तीस दलीय मोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाती आन्दोलन परिचालन समितिले संयुक्त रुपमा मंगलबार गर्न लागेको आम हड्तालका लागि नेताहरुको जिम्मेवारी बाँडफाँड भएको छ । आन्दोलन परिचालन समितिको आइतबार बसेको बैठकले माघ ६ गते बन्दका दिन सडकमा निस्किने नेताहरुको जिम्मेवारी बाँडेको हो । यससँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित एमाओवादी पदाधिकारी बानेश्वरको सडमा उत्रिनेछन् । यस्तै कोटेश्वर मोर्चा विजय गच्छेदार, रत्नपार्क मोर्चा अशोक राई र कलङ्की मोर्चा रामबहादुर थापा बादलले सम्हाल्नेछन् । यसैक्रममा आइतबार साँझ राजधानीमा सिट्ठी जुलुस निकालिँदैछ । बन्दको पूर्वसन्ध्यामा भोली साँझ मसाल जुलुस प्रदर्शन गरिने छ । काँग्रेस–एमालेले आफूहरुलाई पेलेर अघि बढ्न खोजेको भन्दै सहमतिमै संविधान जारी गर्न दवावस्वरुप बन्द आह्वान गरिएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्