विश्व क्रिकेट लिग डिभिजन दुई सुरु,, नेपाल आज युगाण्डासँग भिड्दै
Advertise Here Book Now

३ माघ, काठमाडौं ।
आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ आजदेखि नामिबियामा सुरु हुँदैछ । पहिलो खेलमा नेपालले युगान्डासँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुँदैछ । पारस खड्काको कप्तानीमा रहेको नेपालले यसअघि नेपालमा राम्रो बन्द प्रशिक्षण गरेको थियो भने दक्षिण अफ्रिकामा पहिलोपटक तीन अभ्यास खेल खेलेको थियो ।
खड्काले अलराउन्ड प्रदर्शन सशक्त पार्दा टिमका नयाँ अनुहार तीव्र गतिका बलर करन केसीले ‘डेब्यु’ गर्ने लगभग पक्का भएको छ । राम्रो तयारीका साथ नामिबिया पुगेको नेपाल एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो फड्को मार्ने अभियानमा छ ।
nepali-cricket-team
कप्तान खड्काले तयारी राम्रो भएकाले उपाधि जितेरै नेपाल फर्किन खेलाडीहरु आतुर रहेको प्रतिक्रिया दिएका छन् । प्रतियोगितामा नेपाल र युगान्डासँगै नामिबिया, केन्या, नेदरल्यान्ड्स र क्यानडा छन् । प्रतियोगिताको विजेता र उपविजेता डिभिजन–१ मा पुग्ने छन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्