आखिर कसले दियो आदेश : कान्तिपुर पब्लिकेसन्सको गाडीमा आगो झोस्न ?
Advertise Here Book Now

"आगो लगाउनू भन्ने आदेश छ' भन्दै कान्तिपुर पब्लिकेसन्सको गाडीमा आगजनी"

सिरहा, माघ ६ । सिरहाको मिर्चैयामा बन्दको समाचार प्राथमिकताका साथ नछापेको भन्दै मंगलबर बिहान कान्तिपुर पत्रिका बोकेर गुडिरहेको गाडीमा पेट्रोल छरेर आगो लगाइएको छ ।विराटनगरबाट पश्चिमतर्फ जनकपुर र बर्दिबासका लागि पत्रिका लिएर गएको कान्तिपुरको बा९च ५८५० नम्वरको पिकप भ्यानमा आन्दोलनकारीले आगो लगाइदिएका हुन् । उनीहरुले पत्रिका लुटेर लगेका छन् ।सोही स्थानमा अन्नपूर्ण पोस्ट दैनिक र नागरिक दैनिकको गाडीले भने बन्दकर्तालाई छलेका थिए ।पब्लिकेसन्सको विराटनगरस्थित क्षेत्रीय कार्यालयबाट कोसी पश्चिमी क्षेत्रका लागि पत्रिका लिएर जाँदै गरेको बा३च ५८५० नम्बरको गाडी रोकेर आगजानी गरेको वितरणमा खटिएका कर्मचारीले बताए ।
गाडी रोकेर कान्तिपुरको गाडी हो , रु भनेर सोधेपछि आगो लगाउनू भन्ने आदेश छ भन्दै बन्दकर्ताले आगो लगाएका थिए

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्