एमाओवादी नेताले भने– सिके राउतको अभिव्यक्तिलाई दबाउन खोज्नु गैरन्यायिक
Advertise Here Book Now

एमाओवादीसहित ३० दलले मधेश बन्द गर्ने 
  • रञ्जन भण्डारी
जलेश्वर, पुस २६– एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले सरकारले सिके राउतको अभिव्यक्तिलाई दवाउन खोजेको आरोप लगाएका छन् । राउतको मागमा समर्थन गर्न नसकिएपनि उनको अभिव्यक्तीलाई दबाउन खोज्नु गैरन्यायिक भएको गजुरेलको भनाई छ ।??????????
एनेकपा माओवादी जिल्ला कार्यालयसमिति महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले मिली एमाओवादीलाई थर्काउने र गलाउने खेलमा लागेर २ तिहाई बहुमतको आधारमा ल्याउन खोजेको संविधान नेपाली जनताको बलिदानी पुर्ण संघर्षबाट प्राप्त पहिचान,संघियता,स्वायत्तता,समानुपातिक लगायतका अधिकारहरु खोस्ने भएकोले यो कदापी स्विकार्य हुन नसक्ने बताए ।
उनले सहमतिय प्रकृयाबाट नै संविधान जारी हुनुपर्नेमा समेत जोड दिए ।
यस्तै पार्टी सचिव गिरीराजमणि पोखरेलले जनताले दिएको बलिदानलाई काँग्रेस र एमालेको षडयंत्रको सिकार कदापी हुन नदिने जनाए।
पत्रकार सम्मेलनमा माघ ८ मा आउने भनिएको संविधान जनविरोधी भएको दाबी गर्दै एमाओवादी लगायतका ३० दलले पौष २८ गते सोमबार मधेश बन्द र माघ ५ गते आमहडतालको आव्हान गर्न लागेको समेत जानकारी दिइएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्