राजेन्द्र महतोले ओलीको पुत्ला जलाउने, माफि नमाग्दासम्म बैठकमा पनि नजाने
Advertise Here Book Now

काठमाडौं, पुस २३ – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीले शीर्ष दलको बैठकमा दिएको आफ्नो अभिव्यक्तिका लागि माफी माग्नुपर्ने बताएका छन् ।
rajendra mahatoएमाले अध्यक्ष केपी ओलीले दिएको अविव्यक्ति प्रति संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘वहाँले निकै अपमानजनक व्यवहार देखाउनु भएको छ । त्यसका लागि वहाँले माफी माग्नुपर्छ । नत्र हामी वैठकमा जाँदैनौं ।’
उनले आफ्नो पार्टीले आज ५ बजे पार्टी कार्यालयमा र भोली देशभर केपी ओलीको पुत्ला जलाउने निर्णय गरेको समेत जानकारी दिए ।
सहमतिका लागि निर्णायक भनेर बिहान वालुवाटरमा डाकिएको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले मधेशका विवादीत पाँच जिल्लको बारेमा धारणा राख्न मधेशी मोर्चालाई आग्रह गरेका थिए ।
राजेन्द्र महतोले पाँच जिल्लालाई मधेशबाट अलग राख्न नहुने धारणा राखेपछि ओलीले ‘तपाईंहरुलाई सम्म देख्नै नहुने मधेशमा गाभ्नुपर्ने रु त्यसो भए विहार र युपी पनि मधेशमा राख्नुहोस्’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति पछि मधेशी नेताहरुले बैठक छाडेर हिँडेका थिए ।
ओलीको अभिव्यक्ति पछि सबै मधेशी दलहरुले आन्तरिक रुपमा छलफल गरेका छन् । छलफलपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सिंहदरवारमा बैठक बस्दै छ । बैठकले ओलीको अभिव्यक्ति पछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्