आफ्नै तीन छोराछोरीको हत्या गरी फरार भएकी महिला पक्राउ
Advertise Here Book Now

file photo
३ माघ, राजविराज ।
करिब दुई हप्ताअघि आफ्नै तीन छोराछोरीको हत्या गरी फरार भएकी भनिएकी एक आमालाई शुक्रबार सप्तरी प्रहरीले सुनसरीको हरिपुर गाविस–१ बाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तेरहौता गाविस–३ की कुडी भनिने सजनीदेवी सदा रहेको प्रहरीले जनाएको छ । उनलाई करिब दुई हप्ताअघि बैरवा गाविसस्थित सप्तकोसी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा आफ्ना तीन छोराछोरीको हत्या गरी फालेको अभियोग लगाइएको छ ।
अभियुक्त कमजोर देखिएकाले इलाका प्रहरी कार्यालय कञ्चनपुरको निगरानीमा राखेर ठेलियामास्थित धर्मेश्वर अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्