गिरीजाप्रसाद कोईरालाले आफूहरूलाई जानकारी नै नदिइ मधेसवादी दलसँग सम्झौता गरे:खनाल
Advertise Here Book Now

Jhalanath-khanalकाठमाडौ माघ ४ – एमालेका वरिष्ठ नेता झलनाथ खनालले पूर्व प्रधानमन्त्रीमन्त्री स्व गिरीजाप्रसाद कोईरालाले आफूहरूलाई जानकारी नै नदिइ मधेसवादी दलसँग ८ बुँदे सम्झौता गरेको आरोप लगाएका छन् ।
मधेसीवादी दलसँग के कस्तो सहमति गर्ने भन्ने बिषयमा छलफल गरिरहेको अबस्थामा गिरिजाप्रसाद कोइरालाले मधेसवादी दलसँग हतपत सहमति गरेको आरोप लगाए ।
बिहान पत्रकारसँग कुरा गर्दै उनले भने, ‘एक मधेस एक प्रदेशको अर्थ लाग्ने गरि सहमति गर्नु हुदैन्थ्यो । आज त्यसले समस्या बनाएको छ ।’
उनले स्वयत मधेस प्रदेश भनेको एक मधेस एक प्रदेस होइन स्वयत प्रदेश भनेको सबै प्रदेशलाई स्वयत बनाउने हो भन्दै अर्को अर्थ लाग्ने गरि सहमती गरेर समस्या बल्झाएको बताए ।
८ बुँदे सहमति भएको घोषणा कार्यक्रममा एमाले नेता माधव नेपालको पनि उपस्थिति रहेको थियो ।
एमाले मधेस विरोधी नरहेको बताउँदै उनले एक मधेश एक प्रदेश हुन नसक्ने बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्