टुँडिखेलामा फ्याकिएको मोबाइल मुगुमा
Advertise Here Book Now

अचम्म छ-नेपालमा मोबाइल फ्याक्ने प्रतियोगिता, टाढा फ्याक्नेले नयाँ स्मार्टफोन पाउछ
काठमाडौं २३ पुस । नेपालमा पहिलो पटक मोबाइल फ्याक्ने प्रतियोगिता हुने भएको छ । शनिबार अर्थात पुस २६ गते राजधानी काठमाडौँको टुँडिखेलमा यस्तो प्रतियोगिता हुन लागेको हो ।
mobilephonethrowingworldchampionship
रोचक मानिएको यस प्रतियोगितामा जसले आफ्नो मोबाइल सबैभन्दा टाढासम्म फ्याँक्न सक्छ, उ विजयी बन्छ र उसले पाउँछ नयाँ स्मार्टफोन । रोटरी क्लब रुद्रमतीले यस्तो प्रतियोगिता गर्न लागेको हो ।
यो प्रतियोगितामा सहभागी हुनका लागि भने निश्चित नियम रहेका छन् । जो मोबाइल सँग सम्बन्धित छन् । तपाई यदि प्रतियोगितामा सहभागी हुन चाहानु हुन्छ भने कन्डिसनमा रहेको मोबाइल र ब्याट्री चार्जर सहित आयोजकलाई बुझाउनुपर्नेछ । आयोजकका अनुसार तपाईंले  बिग्रेको र कामै नलाग्ने मोबाइल बुझाउन पाउनु हुन्न आफूलाई बढी भएको र काम गरिरहेको पुरानो मोबाइल हुनु पर्ने छ ।
यो प्रतियोगितामा महिला, पुरुष र १८ वर्ष मुनिको समुह, ३० वर्ष मुनीको समूह र ३० वर्ष भन्दा माथिको समूहमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । आयोजकले दिएको नियम अनुसार मोबाइल फ्याक्नेलाई प्रत्येक समुहका तीन तीन जनलाई नयाँ मोबाइल उपहार दिइने छ ।
मोबाइल फयाक्ने प्रतियोगिता शनिबार बिहान  ११ बजेदेखि शुरु हुने आयोजकले बताएको छ । रोटरी क्लब रुद्रमतिका अध्यक्ष कृष्णराम देउपालका अनुसार प्रतियोगितामा  जो प्रथम, द्वीतीय र तृतीय हुन्छन् तिनलाई असली नयाँ फोन दिइने छ ।
डमी मोबाइल दिइन्छ
आयोजकले फ्याक्नका लागि लगिएको चलिरहेको मोबाइललाई सुरक्षित गर्नका लागि डमी मोबाइल समेत उपलब्ध गराउने भएका छन् ।फ्याँकेको मोबाइल काम नलाग्ने गरी बिग्रन सक्छ भन्ने कुरालाई ध्ययन दिदै आयोजकले प्रतियोगितामा सहभागि हुनेले मोबाइललाई नबिर्गानका लागि सुरक्षित उपाय अपनाएका छन्  पुरानो मोबाइल र चार्जर बुझाएपछि फ्याक्नको लागि मात्र आयोजकले  डमी मोबाइल दिनेछन् ।
टुँडिखेलामा फ्याकिएको मोबाइल मुगुमा
आयोजकले यो प्रतियोगिता दुर्गम क्षेत्रका बासिन्दालाई सूचना प्रविधिको पहुँचमा ल्याउन गरेको बताएका छन् ।
यो प्रतियोगितामा फा्याँकिएका सबै मोबाइल संकलन गरी आयोजकले मुगुको दुर्गम गाविसमा वितरण गर्ने योजना बनाएका छन् ।  आयोजकले दिएको जानकारी अनुसार बुधबार १२ बजेसम्ममा ४० ओटा मोबाइल संकलन भएका छन् । आयोजकले प्रतियोगितामा डेढ सय मोबाइल संकलन गर्ने लक्ष्य रहेको बताएका छन् ।
पुरानो मोबाइल नभएकाहरुले एक हजार रुपैयाँ तिरेर समेत प्रतियोगितामा सहभागी हुन सक्ने आयोजकले बताएका छन् ।
प्रतियोगितामा इन्टेक्स मोबाइलले मुख्य प्रायोजन गरेको छ । यस प्रतियोगिताको नारा ‘एक घर, एक महिला, एक मोबाइल’ राखिएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि आयोजकको फेसबुकपेजको सहयोग लिन सक्ने बताएका छन् । साथै सैनिक मञ्च टुँडिखेलमा गएर प्रतियोगितामा सहभागी हुन सक्ने आयोजकले बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्