तातियो जनकपुर, सामुने आयो प्रहरीको वर्वता,घरमा घुसेर कुटपिट
Advertise Here Book Now


पुस २९ गते । जनकपुर तनावग्रस्त वनेको छ । मृतक राजाराम झाको पार्थिव सरिरलाई प्रहरीले पोस्टर्माटमका लागि जनावर जस्तै घिसार्दै लगेपछि  जनकपुर तातिकएको छ । शव प्रति पनि प्रहरीको मानवताविरोधी क्रियाक्लाप हेरेर अस्पतालमा उपस्थित आन्दोलनकारी तथा सर्वसाधारणहरु रिसाएका थिए । यसैक्रममा दुवैतर्फ झडप र ढुंगाहानाहान भएपछि प्रहरीले लाठी प्रयोग गर्दै अस्पताल क्षेत्र बाट जानकी मन्दिरसम्म लखेटेका छन । प्रत्यक्षदर्शीले दिएको जानकारि अनुसार प्रहरीले अस्पताल क्षेत्रमा अवस्थित घरहरुको गेट तोडेर कुटपिट गरेको छ । यता प्रहरीले रोगीका कुरुवाहरुलाई पनि लाठी चार्ज गरि खेदे पछि जनकपुर तनावग्रस्त वनेको छ । यता जानकी मन्दिर क्षेत्र,अस्पताल क्षेत्र वाहेक, शिवचौक,भानुचौक,जनकचौक,रामानन्द चौक,पुलचौक,विद्यापती चौक लगायतका स्थानहरु व्यापक दंगा प्रहरीको परिचालन गरिएको छ ।
-जनकपुर मिरर 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्