प्रहरी गाडी माथी तोडफोड गर्ने ४ युवा पक्राउ,
Advertise Here Book Now



श्रीकान्त झा । सिरहा । माघ ७

 बलिदानि दिवसको अवसरमा सम्वोधन गर्न जादै गरेको सि के राउतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा उत्रेको यूवा र प्रहरी विच  लहानमा सोमबार भएको झडपको क्रममा प्रहरीको गाडीलाई तोडफोड गरेको   चार यूवालाई पक्राउ गरी मुद्धा चलाईएको छ । तेनुवापट्टी गाविस–३ का धिरजकुमार यादव, लहान नपा–१ का रोशण्ाँ चौधरी, देबु चौधरी र अजय गुप्ता रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीÔक ज्ञानेन्द्र फुया“लले जानकारी दिए ।

 पक्राउ परेका चारै यूवालाई म्याद थप गरी जिल्ला प्रहरी कार्यलयमा राखिएको छ ।

यता, पक्राउ परेका यूवा माथि चलाएको मद्धा फिर्ता लिई अविलम्ब रिहा गर्न एकीकृत नेकपा माओवादी, फोरम नेपाल, सद्भावना पार्टी, फोरम लोकतान्त्रिकलगायतका पार्टीद्धारा संयुक्तरुपमा विज्ञप्ति जारी गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्