महोत्तरीको एभरेष्ट चिनी मिलमा पत्रकार माथि हातपात मोबाईल र क्यामेरा समेत खोसियो ।
Advertise Here Book Now

रंजन भण्डारी
जलेश्वर,पौष २९ गते
द पब्लिक टुडेका प्रकाशक एवं पत्रकार रामनारायण महतोमाथि महोत्तरीको एभरेष्ट चिनी मिलमा हातपात भएको छ । महोत्तरीबाट प्रकाशित हुने दैनिक पत्रिका “द पब्लिक टुडे” का प्रकाशक रामनारायण महतो मंलबार दिउँसो रामनगर स्थित चिनी मिलमा समाचार संकलनको लागि गएको बेला स्थानीय केहि उत्छृृङ्खल व्यक्तिहरुले हातपात गरेका हुन् । करिब २० जनाको संख्यामा रहेको उत्छृङखल व्यक्तिहरुले एकाएक हातपात गर्न‘ुको साथै पत्रकार महतोको साथमा रहेको दुई वटा मोवाईल सेट र एक वटा क्यामेरा समेत लुटेर लगेको उनले बताएका छन् । यता पत्रकार महतोले आफु माथि आक्रमण गर्ने दोषीहरुलाई कडा कारबाहीको लागि पहल गरिदिन सबैपक्षसंग आग्रह समेत गरेका छन् । सोहि क्रममा उनीहरुले दुई जना स्थानीयलाई पनि निर्घात कुटपीट गरी घाईते बनाएका छन् । कुटपीटबाट घाईते हुनेहरुमा महोत्तरी रामनगर ६ का रामरतन महतो र जयकिशोर महतो रहेका छन् । कुटपीटबाट घाईते दुवैको स्थानीय स्तरमा उपचार भै रहेको छ । मिलको प्रेस मल उठाउनेहरुले लठ्ठी, बेल्चा र मुक्काले शरीरको विभिन्न भागमा हिर्काएको प्रत्यक्षदर्शी पत्रकार महतोले बताए । मिलबाट उत्पादित कृषि फ्रेसमल लोड गर्ने विषयमा केहि दिनदेखि सर्वसाधारण र मल लोडगर्ने मजदुरहरुबीच विवाद हुदै आएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्