समयमा संविधान नदिए भ्रष्टाचारको मुद्दा
Advertise Here Book Now

काठमाडौं, ३  माघ । पूर्व प्रहरी संगठनले माघ ८ गते मुलुकलाई नयाँ लोकतान्त्रिक संविधान दिन सभासदहरुलाई खबरदारी गरेको छ ।
संगठनले समयमा संविधान बन्न नसक्दा मुलुक गृह युद्धतर्फ धकेलिने लागेको भन्दै त्यसबाट उत्पन्न सुरक्षालाई मध्यनगर गर्दै त्यसतर्फ ध्यान दिन समेत आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष बसन्तराज कँुवरले राज्यबाट करोडौं खर्चसहति सेवा सुविधा लिने तर मुलुक र जनताले दिएको जिम्मेवारी पुरा नगर्नु भनेको भ्रष्टाचार हो भन्दै समयमै संविधान नदिए संविधानसभाका सबै सभासदहरुलाई भ्रष्टाचारलाई मुद्दा लगाउने चेतावनी पनि दिए ।
उनले संविधान निर्माणमा ढिलाइ गर्दा सभासदले ढिलो गरेपनि केही नहुने हामीले ढिलो गर्दा के हुन्छ भन्ने मानसिकताका कारण सर्वत्र ढिलासुस्ती र अराजकता बढेको बताए ।
संविधान निर्माणपछि विकास निर्माणका सबै काम हुन्छन भन्ने तर्कका आधारमा विकास निर्माणका कामलाई समेत ठप्प पारिएको कुँवरको भनाई छ । भुपु प्रहरीले नेपालको आर्थिक सामाजिक राजनीतिक सबै अबस्था बुझेको भन्दै संविधान निर्माणको अहिलेको अबस्थामा देशलाई आबश्यक परेमा जस्तोसुकै सहयोग गर्न संगठन तयार रहेको उनले प्रतिबद्धता जनाए ।
कुँवरले जातीयता र क्षेत्रियताको नामममा विखण्ड ल्याउन खोजे राष्ट्रिय एकताका लागि आफ्नो संगठनले सडकमा उत्रिएर भएपनि संरक्षण गर्ने उद्घोष गरे । उनले पूर्व प्रहरी संगठन सामाजिक संस्था भएकाले देशव्यापी रुपमा संविधान ल्याउनका लािग अभियान चलाउने समेत जानकारी दिए ।
संगठनका बरिष्ठ उपाध्यक्ष कल्याण तिमिल्सिनाले चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धता पुरा गर्नुपर्ने भन्दै जनतालाई झुक्याउने कार्य गर्न नहुने बताए । उनले दलहरुले असहमति भएका बँदाहरुलाई थाँती राखेर भएपनि सहमति भएका कुराहरुलाई समेटेर माघ ८ मै संविधान जारी गर्नुपर्ने सुझाव दिए ।
संविधान निर्माणमा ढिलाई गर्दा शान्ति सुरक्षामा खलल पर्नुका साथै अराजकता बढेको ब्याप्त रहेको तर्क गरे । तिमिल्सिनाले राष्ट्रिय महत्वका विषयहरुलाई जनमतसंग्रहबाट भएपनि टुँगो लगाउनुपर्ने बताए ।
त्यस्तै संगठनका सदस्य रेवतबहादुर थापाले आफ्नो संगठन स्थापना कालदेखि नै राष्ट्रको खबरदारी गर्न निरन्तर रुपमा लागिपरेको भन्दै अहिलेपनि मुलुलकलाई माघ ८ मै संविधान दिलाउन विभिन्न दबाबमूलक कार्यक्रमहरुसहित अघि बढेको बताए । उनले जिम्मेवार बोकेर संविधानसभामा पुगेको नेताहरुले आफ्नो जिम्मेवार महशुस गरे अझैपनि समयमै संविधान जारी गर्न सक्ने विश्वास व्यक्त गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्