मार्चो र एमाल ेकायर्कतार्बीच झडप
Advertise Here Book Now

File Photo
सप्तरी, ७ माघ (साक्षी)– एमाओवादी, मधेशवादी दलसहितको मोर्चा र नेकपा एमाले सप्तरीका कार्यकर्ताबीच बुधबार भएको झडपमा एमाले एक जना कार्यकर्ता घाइते भएका छन् । एमाले पार्टी कार्यालय सप्तरीमा मंगलबार भएको आगजनीको घटना बिरोधमा जुलुस प्रदर्शन गर्ने क्रममा एमाले जिल्ला सदस्य कुशहा गाविस ४ का सुभकलाल राम ढुंगा लागी घाइते भएका हुन् । उनलाई तत्कालै राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । एमालेका नेता तथा कार्यकर्ताहरु सम्मिलित जुलुसले नगर परिक्रमा गर्न ेक्रममा राजविराजस्थित जनआन्दालेन चाकैमा माचोर्का कायर्कर्ताहरुले गरको ेबिराधे पश्चात ्भएका ेढगुांमढुामा एमाल ेजिल्ला सदस्य शभुकलाल राम घाइते भएका हुन् । यसैबीच सप्तरी प्रहरीले मोर्चा र एमाले कार्यकर्ताहरुलाई मुठभेड हुन नदिन बल प्रयोग गरेको थियो । प्रहरीको संयमताका कारण सो स्थानमा अन्य कुनै अप्रिय घटना हुन सकेन् । करिब आधा घण्टासम्म प्रहरीले दुबैका कार्यकर्ताहरु घेराबन्दी गरि रोकेको थियो । सो पश्चात् एमाले जुलुस आफ्नो गन्तव्य परिवर्तन गरि फर्केको थियो । जुलुस फर्केपश्चात् मोर्चाले कोणसभा गरेको थियो । 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्