शिक्षा प्रणालीका चुनौतिहरुमा स्वामी चन्द्रेश
Advertise Here Book Now

आकाश वर्षाको संकेत गर्दै थियो । अधिल्लो दिन देखिनै मेघको आफ्नै गति थियो । पानी पर्छ भन्ने अड्कल आकाश हेरीसकेपछि जो कोहीले पनि लगाउन सक्थ्यो । तयारी विहानै देखि राम्रैसंग भईराखेको थियो । दिउसोको कार्यक्रमको लागि । हिजोनै विद्यार्थीहरुलाई सुचना दिइसकेको थियो । भोली स्वामी चन्द्रेशजी महाराज हाम्रो पिठमा आउदै हुनुहुन्छ ।
वैज्ञानिक अध्यात्मवाद आजको आवश्यकता ।
विद्यार्थीलाई सु–संस्कार युक्त शिक्षा हाम्रो प्रतिवद्धता ।।
    यहि सिद्धान्त र यहि उद्देश्यका साथ अगि बढी रहेको सिरहा जिल्ला धनगढी गा बि स १ नैनपुर सोनापुरमा अवस्थित सगरमाथा प्रज्ञा पीठ । विभिन्न आध्यात्मिक काममा रुचि राख्ने यहाँका विद्यार्थी , गुरु, संस्थापक रहेका छन् । तिनै विद्यार्थीलाई फरक स्वाद चखाउने ईक्षाले यस पीठका संस्थापक संचालक अध्यक्ष सुशिलचन्द्र अधिकारीले स्वामीजीलाई ल्याउने कार्यक्रम तय गर्नुभएको थियो । यसले विद्यार्थीहरुमा छुट्टै उत्सुकता थपिएको थियो । विहान मात्रै छ जना विद्यार्थीहरुलाई कार्यक्रमको सुरुवातमा देखाउनको लागि योगाको डेमो पनि तयार गरेको थिए । र दुईओटा गीत र स्वागत गानको पनि तयारी पनि राम्रै संग भएको थियो विद्यार्थीहरु राम्रै छन् । स्वामीजीको प्रतिक्रिया के हुनेहो ? अरु विद्यालयमा भन्दा केही फरक होस भन्ने मेरो भावना थियो र त्यही अनुरुप तयारी पनि भएको थियो । संयोगवस कार्यक्रम भन्दा केही दिन पहिले हाम्रो मिसनका सहकर्मी मुक्तिनाथ शुक्ला पनि आउनु भएको थियो तयारीमा उहाँको राम्रो सहयोग रह्यो ।
    नेपालमा कण्ठिधारी धेरै छन् । तर तिनीहरुको समाजमा केही योगदान छैन । यो वाक्य हो स्वामी चन्द्रेश जीकोे उहाँ यस्तो भन्नुहुन्छ । यो उक्ति केही दिन पहिले मैले सुशिलचन्द्र अधिकारीको मुखबाट सुनेको थिएँ स्वामी आउने खबर सुनाउदा । पक्कैपनि कण्ठीधारी धारण गर्नु सन्यास लिनु सरहकै मानिन्छ । सन्यास लिनुको तात्पर्य सेवा गर्नु धर्म गर्नु हो तर यो समाजमा भएका कण्ठिधारीहरु न सेवा न धर्म केही गर्दैनन् समाजसेवा त परै जाओस आफै मागेर गुजरा गर्छन् । भन्नुको तात्पर्य यस्तो सुशिलजीको । मैले बुझे अनुरुप । सुशिलजी आफै समाजसेवी मान्छे समाजसेवाका लागि खुलेर दिल बिछाउनु हुन्छ ।
    आकाश कालै निलै भएको छ । संजिता दिदी फोन गर्दै हुनुहुन्छ । सर .... कहाँ आइपुग्नुभो ? नगिचै वाटोमा आउदै गरेको खबर सुनेपछि सबै विद्यार्थीलाई स्वागतका लागि तयार गराउन जुटियो । धेरै दिन भएको थियो यसरी वर्षा नभएको विहान ठूलै वर्षा भो वर्षा ऋतुमा पनि खडेरीको भान हुँदै थियो मलाई । खेतका धान कताकती सुख्दै थिए । विद्यार्थीलाई गेट नजिकै दुई लाइन लगाएर पूmलमालाल स्वागतका लागि तयार छन् । केही विद्यार्थी माथि होस्टलको छतबाट नियाली रहेका छन् ।स्वामी आउने बाटोतिर प्रतिक्षाको आँखाले । दुई लाईन केटा अनि केटीको सबैको हाथमा फूल छ संजिता दिदी फूल अनि मालाको थाली लिएर दुई लाइनको विचमा संगै पंचलाल महतो सर पनि निकै रोमान्चित वातावरण छ । कृष्ण पौडेल र सुनिल सिंह   क्यामरा लिएर दृश्य कैद गर्ने जमर्कोमा हुनुहुन्छ एकजना गाँउकै भन्दै थिए आज धेरै दिनमा पानी पर्यो मेरो कानमा परी हाल्यो मैले नरोकिई भनिहाले सिद्धपुरुष आउने वित्तिकै धर्ति पवित्र भो होइन त ? ।
    स्कूलको पूर्व पट्टीको बाटो हुँदै आउने पक्का थियो होस्टेलको दोस्रो तल्लामा बसेका विद्यार्थीले स्वामीजीको गाडी आउदै गरेको देख्नासाथ चिच्याउन थाले खुसिले गदगद हुदै । अनि थाहा भो । स्वामीजी आएको । गाडीभित्र ५ जना जति मान्छे छन् अघि पट्टी स्वामीजी  पछिपट्टी सुशिलजी  अनि अरु चिनिने मान्छे थिएनन् मेरालागि हसिलो चेहरा चमकदार ललाट लामो दाह्री र लामो कपाल विहानीको सूर्यको लालीमा रङको कुर्ता पैजामामा मुस्कुराउदै स्वामी चन्द्रेश गाडीबाट ओर्लने बित्तिकै अघि मनै थिए म संगै हुनुहुन्थ्यो मुक्तिनाथ शुक्ल पनि हाथमा भएको पुष्प मन्त्रोच्चारण सहित स्वामीजीलाई दिएर प्रणाम गरेपछि सवैको फूल लिदै स्वामी कार्यक्रम हल तर्फ प्रवेश गर्नुभो । र ब्यास गद्दीमा आसन लिनुभो । 
    आसन लिइसकेपछि सुशिलजीको संकेत भो अव कार्यक्रमको औपचारिक रुपले संचालन गर्नुपर्छ । म संगै हुनुभएका मुक्तिजीलाई  कार्यक्रम संचालनको लागि अनुरोध गरें । उहाँले मेरो नेपाली टोन राम्रो छैन तपाइ चलाउनुस भन्नु भो माइक मरो हाथमा परिसकेको थियो । पूरा कोठा विद्यार्थी शिक्षकले भरिएको छ । हाम्रा् वैठक कोठा जुन कोठामा हामिले साँझ विहान विद्यार्थीलाई प्रार्थना योगा गराउने गर्दछौं करिब ३०० जना अटाउछन विद्यार्थीहरु कोठामा । विद्यार्थीहरुमा एउटा अनौठो उत्सुकता देखिन्छ धेरै दिनमा आज विद्यार्थीको अनुहारमा हँसिलो अनुभव देखिन्छ सायद यिनीहरु यस्तै कार्यक्रमको प्रतिक्षा गरिराखेका थिए । मेरो मनोविज्ञानले यहि बुझिराखेको थियो । स्टेजमा गएँ माइक अन गरें र कार्यक्रम संचालन गर्न थालें । 
    हाम्रो उद्देश्य वैज्ञानिक अध्यात्मवाद भएकाले हामी जति महत्व विज्ञानलाई दिन्छौं त्यति महत्व अध्यात्मलाई पनि । त्यसैले कार्यक्रमको औपचारिक सुरुवात मन्त्रहरुकै श्रेष्ठ मन्त्र गायत्री मन्त्र वाचन गरेर सुरु भो त्यसपछि स्वागत गित स्वामीको परिचय योगाको डेमो डेमो पछि स्वामीको वक्तब्य सुरु भो स्वामीजी बोल्ने विषय थियो वर्तमान शिक्षा प्रणालीका चुनौतिहरु र यसका समाधान । विषय राम्रो थियो कार्यक्रम संचालन गर्दा गर्दै स्वामीजीलाई माइक हस्तान्तरण गरें स्वामी आफ्ना मन्तब्य धाराप्रवाह बोल्न थाल्नु भो शिक्षाका चुनौतिहरु र यसका समाधान विषयमा । बंगालमा जन्मेर हुर्केपछि नेपाल छिर्नुभएका स्वामी नेपाली , हिन्दी , अंग्रेजी, वंगाली अरु धेरै भाषा आउने रहेछ । करिब २२ बर्ष ध्यान योग र तपस्यामा लीन भई बुढानीलकण्ठमा आश्रम र स्कूलको स्थापना गर्नुभएको छ । स्वामी जीको भनाइमा विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाल सधैका लागी हिन्दू राष्ट्र नै रहनुपर्छ  भन्ने मान्यता राख्नुहुन्छ । अनावश्यक जातपातको भेदभाव र झैंझगडालाई सही शिक्षाको माध्यमले निर्मूल गर्नुपर्छ नागरिकको अभिमत भोट लिए।नै विश्वमा चलेको लोकमान्य तरिकाले नै संसदका सदस्य र राष्ट्रनेता चल्नुपर्छ । हिन्दूराष्ट्र नेपालको शान्ति र समृद्धिका लागि यो नै एकमात्र उपाय हो अर्को कुनै विकल्प छैन । ूवामी जीको तर्क यस्तो रहेको छ । नेपालको परिप्रेक्ष्यमा ।
    भारत र नेपालमा बषौंदेखि धर्म आध्यात्मिकता र सेवाको आदर्श लिएर हिंड्दै काठमान्डौको शिवपुरी डाँडामा २२ बर्ष तपस्या गर्नुभएका स्वामी चन्द्रेशजी वर्तमान शिक्षा प्रणाली  सुगा रटन्े खालको भएको बताउनुहुन्छ । विद्याार्थीलाई रटाएर इन्जिनीएर बनाइन्छ डक्टर बनाइन्छ अनि उसले घरको यो काम  गर्न बाबु भनेर आमाले भन्दा आमालाई नै ट्वाल्ल परेर जान्दिन भन्छ । शिक्षा भेनेको त ब्यवहारिक र बढी भन्दा बढी कुराहरुमा पोख्त गराउनु हुनुपर्छ अर्थात शिक्षाले बालकको सर्बाङ्गिण विकास गराउनु पर्दछ आजभोली विद्यालाई भन्दा शिक्षालाई महत्व दिइएकोमा स्वामीजीको गुनासो पोख्दै पहिले पहिले भनिन्थ्यो विद्याधनम्सर्बधनम्प्रधानम् हाम्रो शास्त्रले पनि विद्यालाई धनहरुमा श्रेष्ठ धन भनेको छ । आज भोलीको शिक्षा प्रणाली विद्या ज्ञान भन्दा पनि जानकारीमूलक मात्र रहेको तर्क पनि ब्यक्र गर्नुहुन्छ ।
    आजको वैज्ञानिक युगमा मान्छेले भावनालाई भन्दा पैसालाई महत्व दिन्छ । विद्यालाई भन्दा शिक्षालाई महत्व दिन्छ । शिक्षामा जानकारी हुन्छ । विद्यामा ज्ञान र अनुभव स्वामीजी बोल्दै हुनुहुन्थ्यो पहिले आश्रमहरुमा कति धेरै दिनसम्म श्रmृषिमुनिहरुले शिष्यलाई पढाउने कम र बढी भन्दा बढी दिनसम्म प्रयोगात्मक शिक्षा निरन्तर गराउने गर्दर्थे भन्दा सबै मन्त्र मुग्ध भएका थिए । पहिलेको शिक्षा बढी ब्यबहारिक थियो वाणको शिक्षा,गदाको शिक्षा,आदि आदिको उदाहरण दिदै स्वामीले सबैलाई हाम्रा ऋषिमुनिहरुले पनि शिक्षामा विद्यामा ज्ञानमा ब्यबहारिकता हुनुपर्छ भन्ने विचार राख्दथे भन्ने पुष्टि यसरी गर्न सकिन्छ । त्यो बेला यति सम्म प्राक्टिकल हुन्थ्यो कि टाउकोमा स्याउ राखेर त्यही स्याउलाइ मात्र हान्न सक्ने क्षमता राख्दथे विद्यार्थी त्यतिमात्र नभएर अन्य बिधाहरुमा पनि पारङ्गत हुने शक्ति पनि लिएर आएको हुन्छ । बालक आफ्नो आन्तरिक प्रतिभालाई चिनेर प्रतिभा अनुसार बालकलाई ज्ञान विद्या र शिक्षा दिनुपर्ने आजको शिक्षा प्रणालीको रहेको स्वामी बताउनुहुन्छ । 
    अंग्रेजी पढ तर अंग्रेज नबन पाश्चात्य संस्कृति भित्र्याएर आफ्नै संस्कृति नभुल । हामी पूर्वीय मान्यतामा हुर्किएका सन्तती आफ्नो इतिहास संस्कृति र मूल्य मान्यता हामीले भुल्नु हुनुहुदैन संस्कृति  भित्रको विकृति फाल्नु हाम्रे कर्तब्य हो तर विकृति फाल्ने नाममा संस्कृतिनै फाल्नु हाम्रो मूर्खता हुन जान्छ । त्यसैले आजको आवश्यकता भनेको पढ्ने सबै विषय संस्कार आध्यात्मिक मन्त्र विज्ञान ऋषिमूनिहरुको पहिचान तिनीहरुको सिद्धान्तको अध्ययन अनुसन्धान सबै गर्नु आजको अत्यन्त जरुरी काम र कर्तब्य रहेको छ । त्यसैले पढ्नु सबै पर्छ अंग्रेजी पढ्यों भने आफ्नो संस्कृति र संस्कारहरुलाई फैलाउन सजिलो हुन्छ । स्वामी विवेकानन्दले धेरै विषय पढेका थिए त्यसैले विश्वमा हिन्दू सनातन धर्मको राम्रो प्रचार र प्रभाव छोडे त्यस्तै युगपुरुषको खोजी आजको युगले गरीराखेको छ । देशभर नै संस्कार सिकाउने संस्कारशाला भेदभाव रहित अध्यात्म विज्ञान र उच्च विचार सहित पीठ पाठशाला आदिको ब्यापक संचालन हुन आवश्यक रहेको आवाज बुलन्द पार्दै भन्दा सबैले ताली बजाएर हलालई गुन्जायमान बनाएका थिए 
    कार्यक्रमको रौनक बढाउन स्वामीले अर्को विधि अपनाउनु भो अव तिमीहरुलाई जन्मदिन मनाउने तरिका र गीत सुनाउँछु भन्दा सबै विद्यार्थीहरु हौसिएका थिए बोल्ड सुमधुर आवाज बाद्य वादनका पारंगत स्वामीले हाथमा भ्वाइलिन लिएर सबै विद्यार्थीहरुलाई जन्मदिनको पर्चा थमाई सक्नुभएको थियो । 

        शुभतवजन्मदिस सर्बमंगलम्
        सर्बमंगलम् ।।........२
        जयजयजय तव सिद्धसाधनम् 
        सिद्धसाधनम् ।।........२
        सुखशान्तिसमृद्धिचीरजीवनम् 
        चीरजीवनम् ।।.........२

    वास्तवमै यो गीत आजभोलीको ह््याप्पी ब्रथडे टू यु भन्दा कयौ गुना राम्रो थियो हाम्रो लागि भन्ने कुरा विद्यार्थीहरुले महसुस गरेका थिए जव स्वामी जीले भ्वाइलिन संग स्वरमा स्वर मिलाएर गाउँदा सबै मन्त्र मुग्ध भएका थिए र ताली संगै गाउदा हलनै संगीतमय बनाएका थिए । हामीले नजानेर हाम्रो संस्कृति भित्रकै विबिधताको प्रचार नभएर आज हामी माझ जन्मदिवसको उपलक्ष्यमा चक्कु चलाएर र बत्ती निभाएर शुभकामना दिने प्रचलन हाबी भएको हो । भन्ने स्वामी जीको धारणा थियो  । हाम्रो मान्यताले चक्कु चलाउनु भनेको हिंसा अपनाउनु भन्छ र बत्ती निभाउनुलाई अझै अन्धकारमा धकेलिनु हो भन्छ । दिपक त प्रकाशको उद्घोषक हो दिपकको काम प्रकाश दिने हो । यसलाई त संधै जलाई राख्नु हाम्रो संस्कृतिको मान्यता हो र हाम्रो कर्तब्य पनि । यस्तो उज्यालो बाट अन्धकार तीर लैजाने संस्कृति अपनाएर के हामी प्रगती गर्न सक्छौं त ? स्वामी जीको प्रश्न पनि थियो । बास्तवमा दियो निभाउनु भन्दा दियो बालेर संधै बालीनै रहनु उचित र श्रेयस्कर देखिन्छ । झट्ट सतही तरिकाले मूल्यांकन गरेर भन्दा पनि अझ सूक्ष्म तरिकाले हेर्ने हो भने त झन यसको अथाह पाइदाहरु पाइन्छन । त्यसैले यस्ता पर्वहरुमा चक्कु चलाउनु भन्दा दियो बाल्ने र माथी उल्लेखित हाम्रै संस्कृति कलाको प्रयोग गरेर पर्व मनाउनु अति नै श्रेयस्कर हुन्छ यसले ब्यक्ति परिवार समाज सबैलाई टेवा र सहयोग पुर्याउछ भन्ने स्वामी जी को भनाई थियो । 
    वास्तवमा आज हामीलाई हाम्रो संस्कृति कला र संस्कारको निकै खाँचो परेको छ यसको बारेमा अब बन्ने शिक्षा प्रणालीमै सुधार हुनुपर्ने दखिन्छ । पाश्चात्य र भौतिकबादलाई नाकेरसी लगाएर ठिक ठाउमा ल्याउने काम मात्र अध्यात्मवादले गर्न सक्छ अरुबाट यो सम्भव छैन । विद्यार्थीलाई संस्कार दिनुपर्छ र संस्कारित बालक उत्पादन गर्ने थलो सम्पूर्ण विद्यालय हुनुपर्छ भन्दै ज्ञान गुनका कुरा बताउदै हिड्ने चन्द्रेश स्वामी जीको कार्यक्रम कस्तो लाग्यो भन्दा धेरै राम्रो गुरुबा भन्दै सिर्जना,करिना र शिवले भन्दा वास्तवमै हाम्रो संस्कार र संस्कृति मूलक कार्यक्रम आजको बालबालिकाले मन पराउछन भन्ने कुरा पुष्टी भएको थियो । 

योगी बालक ‘बबुरो’
कैलाश आश्रम वाणगङ्गा–६ नन्दनवन कपिलवस्तु

नोटः यो लेख योगी लहान हुँदा लेखिएको हो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्