अपडेटः आज माघ ८, संविधानसभा बैठकमा के के हुँदैछ
Advertise Here Book Now

८ माघ, काठमाडौ ।संविधानसभा भवन परिसर भित्र खुर्शानीको धुलो राखिएको १० पोका भेटिएको छ । 
आज माघ ८ गते अर्थात् दलहरुले संविधान जारी गर्ने प्रतिबद्धता ब्यक्त गरेको अन्तिम दिन । संबिधानका विवादित बिषयमा सहमति नभएपछि जनताले भने आज संबिधान नपाउने भएका छन् । संबिधानसभामा कल्पना नै नगरिएको सत्तापक्ष र विपक्षमा विभक्त दलहरुका कारण संबिधान लेखन झनै पेचिलो बनेको छ।
माघ ८ मा संबिधान जारी त भएन नै । संबिधानका विवादित बिषयको समाधानसहितको प्रारम्भिक मस्यौदा समेत आएन । सहमतिमा संबिधान जारी हुनुपर्ने एमाओवादी मधेसी मोर्चाको अडान र सहमति नभए प्रक्रियाबाट भएपनि संबिधान जारी गर्नुपर्ने काँग्रेस एमालेको हठका कारण संबिधानसभा निर्णयविहीनतामा पुगेको छ ।
CA-Meeting

चार बर्षका लागि निर्वाचित संबिधानसभामा प्रतिनिधित्व गर्ने दलहरुले एक बर्षमा संबिधान जारी गर्ने प्रतिबद्धता जारी गरेर जनतामा जुन उत्साहको संचार गरेका थिए, बाचा पूरा नभएपछि उनीहरु जनताका अघि फेरि एकपटक झूठो सावित भएका छन् । 

संबिधान सभाको बैठक आज बस्दैछ । बैठक  बिहान ११ बजेका लागि  बोलाइएको छ । यसअघि बारम्बार स्थगित बैठकमा आज भने संबिधानसभा नियमावलीको दफा ९१ अनुसार प्रश्नावली निर्माण समिति प्रस्ताव गर्ने सभाध्यक्ष सुवाष नेम्वाङको तयारी छ ।
यसअघि हिजो बसेको बैठक नेकपा एमालेका तर्फबाट संबिधानसभाका पूर्व सभाषद गोपालसिंह बोहोराको निधनमा शोक ब्यक्त गर्दै स्थगित भएको थियो । आजको बैठकमा कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले समिति निर्माणको प्रस्ताव पेस गर्ने र त्यसमा एमाले प्रमुख सचेतक अग्नि खरेलले समर्थन गर्ने कार्यसूची छ ।
तर एमाओवादी–मधेसवादी मोर्चा भने समिति गठनको विपक्षमा छन् । प्रस्ताव पेश गर्न नदिने रणनीतिमा रहेका एमाओवादी मधेसी मोर्चा आबद्ध दलका सभाषदले माघ पाँच गतेदेखि बैठकमा अबरोध गर्दै आएका छन् । माघ ५ गतेको बैठकमा त जर्बजस्ती समिति गठन गर्न खोजिएको भन्दै तोडफोड समेत भएको थियो । आफैंले निर्माण गरेको कार्यसूचिमा असफल नेताहरुले अब के गर्छन् हेर्न बाँकी छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्