कांग्रेस-एमालेले हिन्दु राष्ट्रको पहिचान मेटाए : उपेन्द्र यादव
Advertise Here Book Now

२० पुस, वीरगञ्ज । मधेसी जनअधिकार फारेम नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वको एकमात्र हिन्दु राष्ट्रको पहिचान मेटाउनमा कांग्रेस र एमाले दोषी रहेको बताएका छन् ।
फाइल फोटो
फाइल फोटो
वीरगञ्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले अब देश धर्म निरपेक्ष भइसकेको अवस्थामा धर्मको मुद्दामा अल्झिएर बस्न नमिल्ने बताए ।
‘विश्वको एकमात्र हिन्दु राष्ट्रको पहिचान मेटाउन दोषी कांग्रेस एमाले नै हुन्’ यादवले भने-‘देशकै पहिचान मेटिने गरी हिन्दु राज्य हटाएर धर्म निरपेक्ष बनाएका हुन् ।’
यादवले अब धर्मको मुद्दामा अल्झिनु भन्दा सबै धर्म समान मानेर हिड्नुपर्ने धारणा व्यक्त गरे । उनले धर्म र राजनीतिलाई अलग राख्नुपर्ने बताए ।
समग्र मधेस एक प्रदेशको माग आफनो पार्टीले कहिल्यै नत्याग्ने भन्दै उनले थारुका नाममा मधेसलाई टुक्राउन नदिने समेत प्रष्ट पारे । यादवले समग्र मधेसलाई थरुहट प्रदेश नामाकरण गर्न सकिने तर, दुई प्रदेशमा हस्ताक्षर नभएको उनले बताए ।
उनले मधेस आन्दोलनमा सहभागी नभएकाहरुले मधेश आन्दोलनपछिको समयमा च्याखे थाप्दै आएको बताए ।
-OK

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्