रेडवुल जिल्ला लिग फुटवलको उपाधी मिथिलाँचललाई
Advertise Here Book Now


रंंजन भण्डारी

जलेश्वर,पौस २६ गते ।

महोत्तरीको जलेश्वर रंगशालामा रेडवुल जिल्ला लिग फुटवलको फाईनल खेल मिथिलाँचल युवा क्लव ले २ । ० ले जितेको छ ।

हात्तिलेट र मिथिलाँचल युवा क्लव विच भएको सो खेलमा मिथिलाँचलले हात्तिलेटलाई दुई गोल गरेर जित पक्का गरेको हो । निक्कै रोमाञ्चक रहेको सो खेलको अन्त्यमा भने दुई टिमबिच विवाद हुदा हात्तिलेट मैदान छोरेर बाहिरिएको थिए भने निर्णायकले अन्तिम निर्णय गर्दै मिथिलाँचल लाई विजेता घोषणा गरेका छन ।

खेलको वेस्ट ट्वेन्टी टु को उपाधी जिल्ला फुटवल संघ महोत्तरीका अध्यक्ष प्रल्हाद साहको हातबाट मिथिलाँचल युवा क्लवका धिरण मगरले पाएका छन भने वेस्ट किपरको उपाधी हात्तिलेटका गणेश लामाले पाएका छन । उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहको प्रमुख आतिथ्यमा सम्पन्न खेलको समापन कार्यक्रममा सहयोग गर्नु हुने अम्पायर द्वय लगायत पत्रकार संजित मण्डल र रंजन भण्डारीलाई समेत सम्मानित गरिएको छ ।

जिल्ला फुटवल संघका उपाध्यक्ष प्रभात मण्डल,कोषाध्यक्ष विकास श्रेष्ठ,सचिव निमिष श्रेष्ठ लगायतका ले खेल अवधीभर विशेष सहयोग गरे वापत संघका महासचिव विजय गुप्ताले धन्यवाद ज्ञापन गरेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्