खोलामा लुकाइराखेको प्रतिवन्धित गाँजा बरामद
Advertise Here Book Now



 श्रीकान्त झा । सिरहा माघ १२
सिरहामा खोलामा लुकाई छिपाई राखेको  २२ केजी गाँजा प्रहरीले पक्रेको छ । सशस्त्र प्रहरी बल वेश क्यमम्प गोलबजारको गस्तीटोलीले गएराती सिरहाको विष्णुपुरकट्टी–२, बाबुराम खोलामाबाट लुकाएर राखेको अवस्थामा २२ केजी गाँजा बरामद गरेको छ ।
 विशेष सुराकको आधारमा प्रहरीले प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको वेश क्यम्प प्रमुख प्रहरी निरिक्षक विदुर भट्टराइले जानकारी दिएको छ । उनका अनुसार वशेष सुराक पाएपछि गएको गस्ती टोलीले खोलामा लुकाई राखिएको अवस्थामा गाँजा फेला परेको हो ।
तस्कहरुले प्रहरी आएको पहिल्यै थाहापाएर गाँजा लुकाएर भागेको हुनसक्ने  भट्टराइल बताए ।
यसअघि पनि सशस्त्र प्रहरी बल वेश क्यमम्प गोलबजारको गस्तीटोलीले पटक पटक गरी सोही ठाउँबाट दुई सय बारह केजी तयारी अवस्थामा राखिएको प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको थियो । उतm स्थान गाँजा भारत लाने केन्द्रको रुपमा विकास भईरहेको छ 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्