यस्तो छ लिम्बुवानको प्रेस स्वत्रन्त्रता ? समाचार दिनुछ भन्दै प्रेसको गाडी फोडीयो
Advertise Here Book Now

इटहरी, २०७१ पुष २७ गते
press 1अरुण पूर्वको नौ जिल्लालाई लिम्बुवान राज्यको माग गर्दे आइतवार संघिय लिम्बुवान पार्टी नेपालले आयोजना गरेको पूर्वाञ्चल बन्दका कारण जनजिवन प्रभावित बनेको छ । बिहानको समयमा शान्तिपुर्ण बन्द रहेपनि दिउसो देखी लिम्बुवानका कार्यकर्ताहरुले बन्दको नाममा दादागिरी शैली प्रस्तुत गरेका छन । लिम्बुवान बन्दकर्ताहरुले इटहरीबाट प्रसारण हुने एक टेलिभिजनको गाडी आइतवार दिउसो तोडफोड गरेका छन ।
अघाडी प्रेस लेखेर सडकमा गुडिरहेका सवारीसाधनलाई जबरजस्ती रोकेर सवारी भित्र रहेका सबैलाई आरालेर समाचार दिनुछ भनी अली पर लगी मोटरसाइकलमा सवार दुइजनाले ढुङ्गाले हानेर फरार भएको सवारी चालक गुणराज राजवंसीले बताए । तोडफोडको क्रममा गाडीको अघिल्लो भागको शिसा फुटेको छ ।
इटहरी चौकमा खुल्ला रहेका केही पशलहरु समेत दिउसो कार्यकर्ताहरुले अपशब्द प्रयोग गर्दे जबरजस्ती पशलहरु बन्द गराएका प्रत्यक्षदर्शीहरुले बताए । यता लिम्बुवान कार्यकर्ताहरुले प्रेस लेखेको सवारी तोडफोड गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरी परिषरमा बसेको पत्रकारहरुको छलफलले घटना अराजक र प्रेस स्वतन्त्रता प्रती प्रश्न चिन्ह उठेको निष्कर्ष निकालेका छन । पत्रकार महासंघ सुनसरीेले पनि घटनाको भत्र्सना गर्दे प्रेसमाथी ढुंगामुढा गर्ने लिम्बुवान कार्यकर्ताहरुको पहिचान गरी तत्काल पक्राउ गर्न र कानुन अनुसार कडा कार्वाहीको प्रहरी समक्ष माग गरेको छ ।
पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा कान्तिपुर दैनिकका सुनसरी संवाददाता वेदप्रशाद पौडेलले लिम्बुवानले प्रेस लेखेको सवारी तोडफोड गर्नु उनिहरु प्रेस स्वतन्त्रा बिरोधी रहेको धारण ब्यक्त गरेका छन । यता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी बिनोद कुमार शर्माले पनि प्रेस स्वतन्त्राको रक्षा नगर्ने जो कोहीलाई पनि कार्वाही अघी बढाइने बताएका छन । प्रेसको गाडी फोडने लिम्बुवान कार्यकताको खोजी भइरहेको डिएसपी शर्माले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्