अब कस्ले भन्ने छोरा म तिम्रोलागि साइकल ल्याइदिन्छु
Advertise Here Book Now

रंजन भण्डारी
जलेश्वर,पौष ३० गते ।
राजाराम झा का छोरा सोनु झा बुवालाइ दागबत्ती दिन प्रतिक्षा गर्दै
राजाराम झा का छोरा सोनु झा बुवालाइ दागबत्ती दिन प्रतिक्षा गर्दै
जनकपुरमा सोमबार आन्दोलनको क्रममा मारिएका राजाराम झाको आज अन्त्येष्ठी गरिएको छ । हिजो भएको झडपमा करिब एक दर्जन जति घाइते भए पश्चात अन्ततः राजारामको शवको परिक्षण गरि परिवारलाई जिम्मा लगाइएकोमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शवलाई श्रद्धान्जली दिन जनकपुर आएका थिए । राजारामको मृत शरिर लाई उनकै करिब ७ वर्षिय छोरा सोनुले दागबत्ती दिएका छन जसलाई सायद यो पनि थाहा छैन होला कि के भो उनको बुवा किन र कस्को लागी  कसरी मरे भनेर । राजारामका  करिब ५ वर्षिय छोरी पनि छिन जब उसले आफ्नो बुवालाई खोज्नेछिन तब कसले उसको  बुवालाई बोलाईदिने ? मधेश बन्द कस्को लागी थियो ? परिणाम कस्ले भोग्नु पर्यो ? र माम कस्ले खाने  ? एक पटक बिचार गर्नु पर्ने बेला भएको छ किनकी राजारामको बच्चाको टाउकोबाट उसको बुवाको हात हटाउने अधिकार कसैको थिएन । राजाराम कि श्रीमतीलाई उ बाट टाढा गरिदिने अधिकार कसैको थिएन । शहिदको लागी नाम प्रस्तावित गरिदिदैमा उनको बच्चा र उनकी श्रीमतिले आफ्नो अभिभावक पाइहाल्ने हैन त्यसैले दोषीलाई सजाय र अब उप्रान्त यस्तो हुन नदिन सबैको समान कर्तव्य छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्