“पुसमा पाकिय ” “माघमा खाकिय” नाराका साथ मथिलाञ्चलका माघे संक्रान्ति पर्व भोली मनाईने ,
Advertise Here Book Now


     
  श्रीकान्त झ , सिरहा । पौष २९    
     
      हिन्दु परम्परा अनुसार मिाञ्चल भरीे  मनाईने माघे संक्रान्ति र्पव पत्यक र्वाष झै यस र्वाष पनि मनाउने भएको छ । भने उत्साह समेत देखिएको छ ।  विहानै परिवारका सवै परिवारका व्यक्तिहरु नुहाई  आफनो कुल देउतालाई तिल र सखर , चामल मिलाई वनाईएको प्रसाद , घिउ , आदि जस्ता सामग्री मिलाई वनाईएका खिचिरी जस्ता परिकारहरु चढाईने गरीन्छ । माघे संक्रान्तिका दिन खिचडी खानुपर्ने समोत धामिक मुल्य मान्यता रहेको । देउतालाई चढाईएको तिल , सखर मिलाई चढाईएको प्रसादलाई आफनो सन्तानहरुलाई खान परिवारका जेष्ट व्यक्तिहरुको हातवाट दिने गरीन्छ । यता मिथिलाञ्चर भरी घरघरमा पुसमा पाकिय , माघमा खाकिय अनुसार वुधवार साझ देखि तिल , चिउरा , मुरहीको लाई वनाउनमा मिथिलानी महिलाहरु व्यस्त देखिएको । यो मिथिलाञ्चलमा महत्व पूर्ण परिकारको रुपमा रहेकोले यसलाई ग्रहयताका साथ वनाउन तयारीमा जुटेका छन् ।
           यता माघे संक्रान्ति नजिकिदै गर्दा सिरहा जिल्ला भरीको  बजारहरुमा चियूरा सहितको किनवेचको कार्यमा वृद्धि भएको देखिन्छ । जिल्लाका बजारहरुमा घर , चिउरा , मुरही , तिल , सखर , आदि ,तरुल , बन तरुल र इस्कुसको जरा लगायत विभिन्न कन्दमुलको कारोबार बढेको हो । सिरहाको लहान , मिर्चैया , गोलवजार , सिरहा , चौर्हवा , जिरोमाईल , कल्याणपुर जव्दी लगायको स्थानहरुमा  गएको एक महिना यता माघे संक्रान्त्मिा प्रयोग गरिने सामग्रीहरुको बिक्री वितरण बढेको छ । यस्तै माघे संक्रान्तिको अवसरमा सामग्रीहरु    किनमेल गर्नु पने आवश्यक परेको ले मुल्य पनि आकासिएको छ । अहिले सिरहाको लहान , मिर्चैया लगायतको वजारहरुमा सखर १०० देखि २०० किलो दरले विक्री वितरण भइरहेको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्