यसरी भयो लहानमा झडप, पूर्वमन्त्री पनि घाइते (फोटो फिचर)
Advertise Here Book Now

Siraha_jhadapसन्तोष कुमार
सिरहा, पुस २८ । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मोर्चाको आह्वान गरेको आमहड्तालका क्रममा सिरहाको लहानमा सोमबार आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा पूर्वमन्त्री राजलाल यादबसहित छ जना घाइते भएका छन् । घाइते हुनेहरुमा आन्दोलनकारी मोहम्मद गुलस राइन, मुकेश सिंह, बालेश्वर यादब, चलित्तर महतो, मनोज यादब लगायतका छन् । पूर्वमन्त्री यादवको खुट्टामा गम्भीर चोट लागेकोले लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएको छ ।
काठमाडौँबाट पूर्वका लागि छुटेका करिब डेढ सय सवारी साधन बन्दका कारण लहान बजारदेखि पश्चिममा अलपत्र परेका थिए । सोही सवारी साधनहरुलाई स्कटिङ गरेर गन्तव्यतर्फ लग्न खोज्दा सुरक्षाकर्मीहरुसँग झडप भएको हो । स्रोतका अनुसार प्रहरीलाई सिडिओ र एसपीबाट लाठी चार्ज गर्न निर्देशन थिएन् ।
सुरक्षाकर्मीहरुले आन्दोलनकारीहरुमाथि लाठी बर्साए भने आन्दोलनकारीहरुले ढुङ्गामुढा गरे। ढुङ्गामुढाबाट सुरक्षाकर्मीहरु जोगिएका छन् । सुरक्षाकर्मीमध्ये कोही पनि घाइते नभएको बुझिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले सुरुमा अलपत्र परेका सवारी साधनलाई जान दिने आन्दोलनकारीहरुले बताएपनि पछि अडान फेरिपछि झडप भएको बताए । तर तमलोपाका युवा नेता राकेश झाले सिरहाका प्रमुख जिल्ला अधिकारी मो अब्दुल कलाम खाँ र प्रहरी उपरिक्षक रामकृपाल साहसँग छलफल भईरहेको बेला प्रहरीले एकाएक लाठी बर्साउन थालेको दावी गरे ।
aandolan-terai3
सुरक्षाकर्मीहरुसँगको झडपपछि आन्दोलनकारीहरुले लहानस्थित राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनकारीहरु आक्रामक रुपमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । अवस्थालाई नियन्त्रणमा लिन लहानमा जिल्लाको अन्य क्षेत्रबाट सुरक्षाकर्मी बोलाइएको छ ।
प्रहरीले सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याउने प्रयास गरेपनि असफल भएको छ । अलपत्र परेका करिब डेढ सय सवारी साधनमा रहेका हजारौं यात्रुहरु समस्यामा परेका छन् । अहिले साढे ४ बजेपछि सवारी साधन खुलेको छ ।
बन्दले सिरहाको जनजिवन प्रभावित बन्यो । गोलबजार, मिर्चैया, लहान, सिरहा सदरमुकाम लगायतका बजारहरु पूर्ण रुपमा बन्द रह्यो । बजारहरु बन्दका कारण सुनसान देखिएको थियो ।
एमाओवादीसहितका पार्टीका झण्डा जलाइए
सुरक्षाकर्मीसँगको झडपपछि भागाभाग भएपछि सडकमा राखिएका एमाओवादी सहितका पार्टीका झण्डा सुरक्षाकर्मीहरुले जलाएका छन् । नजिकै रहेको आगोमा प्रहरीले फोरम नेपाल, फोरम लोकतान्त्रिक, सदभावना पार्टी, एमाओवादी लगायतका पार्टीका झण्डा जलाएको थियो । झण्डा जलाएको प्रति नेता तथा कार्यकर्ताहरुले सिडिओ र एसपीलाई तथानाम गाली गलौज गरेका छन् ।
गोलबजारमा पत्रिका जलाइयो
सिरहाको गोलबजार नगरपालिकामा आन्दोलनकारीले यहाँबाट प्रकाशित अनुकल्प दैनिक पत्रिका जलाएका छन् । लहानबाट छपाएर गोलबजार लगि वितरणका लागि तयार पार्दै गर्दा फोरम गणतान्त्रिकका नेता हिरा यादबले खोसेर आगो लगाई जलाएको पत्रिकाका सम्पादक अर्जुन थपलियाले बताए ।
यसैबीच पत्रिका जलाएकोमा प्रेस चौतारी नेपाल सगरमाथा अञ्चल कमिटी र सिरहा शाखाले आपत्ति जनाएको छ । पत्रिका जलाएकोले दोषीलाई कडा कारबाही गर्न अञ्चल कमिटीका सचिव दिलिप सिंह र सिरहा शाखाका अध्यक्ष रामभरोसी महतोले विज्ञप्ती जारी गरी सम्बन्धित निकायसँग माग गरेका हुन् ।
तस्विरहरु: सन्तोष कुमार
aandolan-terai2aandolan-terai1aandolan-terai5

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्