नेपालद्धारा क्यानडा ७ विकेटले पराजित
Advertise Here Book Now

काठमाण्डौ, माघ ६

आई.सी.सी वल्र्ड क्रिकेट लिग डिभिजन टु मा नेपालले क्यानडालाई ७ विकेटले हराएको छ । क्यानडाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २३ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । आफ्ना दुबै ओपनरलाई खाता खोल्नुअघि नै गुमाए पनि क्याप्टेन पारस र ज्ञानेन्द्र मल्लले इनिङ्स सम्हालेपछि नेपालले रवाफिलो जित दर्ता गरेको हो । म्यान अफ दी म्याच घोषित पारसले ७७ रनको योगदान गरे । मल्ल ३२ र विनोद भण्डारी १ रनमा अविजित रहे । 
यसअघि टस जितेर ब्याटिङ्ग रोजेको क्यानडा खेल सकिन ४ बल बाँकी छँदै १ सय १४ रनमा अलआउट भयो । तीव्र गतिका बलर करण केसीले प्रथम श्रेणीको क्रिकेटमा ५ विकेट लिंदै कीर्तिमान बनाएको दिन क्यानडा सस्तोमा प्याक भएको हो । 
५० भन्दा कम रन जोड्न महत्वपूर्ण ६ विकेट गुमाएको क्यानडाका ५ ब्याट्सम्यान बिना दोहोरो अंकको स्कोर नै पविलियन फर्केका थिए । क्यानडेली इनिङ्स ध्वस्त पार्न क्यापटेन पारस खड्का, शक्ति गौचन र सागर पनुले १–१ विकेट लिए । सोमपाल कामीको नाममा २ विकेट रह्यो ।  क्यानडाका सत्सिम्रनजित धिन्ड्साले अविजित २५ रनको योगदान गरे । क्यापटेन जिमी हान्स्राले २२ र निखिल दत्तले २० रनको योगदान गरे । 
समूहगत चरणको चौथो खेलमा नेपालले भोलि आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । 
-radiokantipur

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्