मधेश जाने ओलीको इच्छा किन रह्यो अधुरो ?
Advertise Here Book Now


न्यूज व्यूरो सिरहा
काठमाडौ, पुस २९– मधेशी नेताहरुले मेरा पुत्ला यहाँ जलाए म मधेश जान्छु । मधेश गए भने ती नेताहरु युपी र विहार भाग्छन् भन्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीको मधेश जाने पूर्व घोषित कार्यक्रम रद्द भएको छ ।
सिरहामा बाँकी रहेको एमालेको अधिवेशनमा अरु केन्द्रीय पदाधिकारीलाई पठाउने योजना थियो, तर जब संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग खटपट भयो अनि उनी आकस्मिक रुपमा सिरहा जिल्लाको एमाले कमिटीको अधिवेशन उद्घाटन गर्न जान तयार भए । र, त्यही बेलादेखि मधेश जाने मधेश जाने भनिराखेका उनको योजना आज फेल भएको हो ।सिरहाको लहानमा भएको अधिवेशनको उद्घाटन अध्यक्ष ओली नै गर्ने भनि आयोजकले सबैतिर प्रचार गरेका थिए । २ बजेदेखि शुरु हुने भनिएको कार्यक्रम एक डेढ घण्टा ढिलो हुँदा पनि आयोजकले अध्यक्ष ओली नआउने जानकारी गराएका थिएन् ।
ओली नपुगेपनि त्यहाँ पार्टीका सचिव घनश्याम भूसाललाई पठाइएको थियो । एमालेका अध्यक्ष ओलीले पछिल्लो समय मधेशको बारेमा दिएका अभिव्यक्तिका कारण मधेशी जनताहरु ओली आएपछि विरोध जनाउने तयारीमा थिए । ओली आउँदैछ भनि लहानमा विरोध गर्नेहरु समूह बनाएर सडकमा बसेका थिए । त्यसमा पनि बन्दका दिन भएका कारणले सडक खाली थियो ।
ओलीको पक्षमा माहोल राम्रो नदेखिएका कारण लहान जाने कार्यक्रम रद्द भएको जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतले जनाएको छ । ओली लहान गएपछि विगतकै मधेश आन्दोलन जस्तै अवस्था हुनसक्छ भनि ओलीलाई सुरक्षाको कारण देखाउँदै रोकिएको स्रोतको दावी छ । तर यता एमाले पार्टी कार्यालय स्रोतले सविधानसभाको बैठक भएको कारण लहान जान नसकेको बताएको छ ।
२०६३ सालमा मधेश यस्तै मधेश बन्दको बेला माओवादीका नेता राम कार्की बन्दको अवज्ञा गर्दै जवर्जस्ती जान खोज्दा आन्दोलनकारीहरुले लहानमा रोकेका थिए । झडपको स्थिति हुँदा काकीका अंगरक्षकले गोली चलाउँदा विद्यार्थी रमेश महतोको मृत्यु भएको थियो, त्यसपछि मधेश आन्दोलन चर्केको थियो । यसपटक त झन ओलीप्रति रुष्ट मधेशी जनता बाटो पर्खेर बसेको कारण लहान जाने कार्यक्रम रद्द गरेको बताइन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्