भोलिदेखि सडक आन्दोलन थाल्ने विपक्षीको निर्णय, शसक्त प्रतिकार गर्छौं : यादव
Advertise Here Book Now

काठमाडौं, माघ १२ । एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले सत्तारुढ दल र संविधानसभाका अध्यक्षले संविधान निर्माणमा सहमतिको साटो प्रक्रिया सुरु गरेको विरोधमा सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।morcha-final-final4
संविधानसभामा सभाध्यक्ष सुवास नेम्वाङले आइतबार बहुमतीय प्रणालीमा गएर प्रश्नावली निर्माण समिति गठन गरेको विरोधमा एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले मंगलबार (भोलि)देखि नै आन्दोलन गर्ने निर्णय गरेको हो ।
मोर्चामा आबद्ध मधेसवादी दल, एकीकृत माओवादी र संघीय समाजवादी पार्टीसहित सोमबार सिंहदबारमा बसेको बैठकले विगतका उपलब्धिको रक्षा र जनपक्षीय संविधानका लागि भन्दै सडक आन्दोलनको विकल्प नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै मोर्चाघटक मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र सत्तारुढ दलले विपक्षीलाई पेलेरै अघि बढ्ने नीति लिएको आरोप लगाउँदै त्यसको सशक्त प्रतिकार गर्ने बताए ।
सडक आन्दोलनको स्वरुप र आन्दोलनलगायतका विषयमा मोर्चाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र संविधानसभाबाहिर रहेका अरु दलसहितको ३० दलसँग छलफल गरेर सोमबारै साँझसम्म निर्णय लिने बताएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्