७ पार्टीले भने सुशील-ओलीसँग मिलेका छैनौं
Advertise Here Book Now

१४ माघ, काठमाडौं ।
विपक्षी १९ दलीय मोर्चा छोडेर सत्तारुढ दलसँग संविधानसभाको प्रक्रियामा सहभागी भएको भनेर सञ्चार माध्यममा चर्चामा रहेका ७ साना दलले आज एक विज्ञप्ति प्रकाशित गरेर उक्त समाचारको खण्डन गरेका छन् । उनीहरुले आफूहरु विपक्षी मोर्चामै रहेको स्पष्टीकरण दिएका छन् ।
पहिचानमा आधारित संघीय गठबन्धनको आकस्मिक बैठक बसेर राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, नेपाल, नेपाः राष्ट्रिय पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले ३० दलीय गठबन्धनबाट अलग भएको भनेर आएका समाचार झुटो र भ्रामक भएको भन्दै खण्डन गरेको हो ।
एमाओवादी नेतृत्वको मोर्चा छोडेर सत्तारुढ मोर्चामा गएको भन्ने समाचार सरासर भ्रामक, झुठो, पहिचानवादीहरुलाई बद्नाम गर्ने र पहिचानको आन्दोलनमा भ्रम छर्ने षड्यन्त्र भएको दावी समेत बैठक पछि जारी विज्ञप्तिमा गरिएको छ ।

विज्ञप्ति
7 dal bigyapti

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्