आगलागीबाट २५ लाख मुल्य बराबरको क्षति
Advertise Here Book Now

  • राम नारायण पंडित

सिरहा, माघ ३– सिरहाको मिर्चैयामा शुक्रबार बेलुका आगलागी हुदाँ लाखौंको क्षती भएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले दिएको जानकारीअनुसार शुक्रबार बेलुका करीब साढे ८ बजे मिर्चैया नगरपालीका–५ थाना चोकमा रहेको रंजय साहको राहुल रेडिमेड सेन्टर आगलागी भएको हो ।

aaglagi mirchaiya
आगलागीमा परेर पसलमा रहेका सम्पूर्ण सरसमान जलेर नष्ट भएको बताइएको छ । विद्युत सर्ट भएर पसलमा आगलागी हुदाँ करीब २५ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिएका थिए ।
Photo:Anjan Sah

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्