अवैध काठ बरामद
Advertise Here Book Now

  • राम नारायण पंडित
सिरहा, माघ ३– सिरहा प्रहरीले अवैध काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार शुक्रबार बेलुकी ईलाका प्रहरी कार्यालय गोलबाजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटेको गस्तीले बरामद गरेको हो ।kath baramad

टोलीले गोलबजार नगरपालीका बार्ड ९ र १० स्थित रहेको घुर्मिघाट जङ्गलबाट चिरान फेन्टा काठ लुकीछिपी ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देख्ने बितिकै तस्करहरु चिरान काठ छाडी भागेकोले १३ क्यूबि फिटको ११ थान साल चिरान फेन्टाका काठ बरामद गरिएको छ । बरामद गरिएको काठको सम्बन्धमा अनुसन्धान जारी रहेको अनुसन्धान शाखा सिरहाले जानकारी दिए ।
 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्