साउदी अरबका राजाको निधन
Advertise Here Book Now

रियाद, ९ माघ (एजेन्सी)– साउदी अरबका राजा अव्दुल्लाह विन अव्दुल्लाजिजको निधन भएको छ । केही सातादेखि निमोनियाबाट पीडित ९२ वर्षीय अव्दुल्लाहको अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको हो । 


अब्दुल्लाहको निधनपछि उनका सौतेने भाइ ७९ वर्षीय  सलमान साउदी अरबका राजा हुने भएका छन् । अब्दुल्लाह सन् २००५ मा आफ्ना सौतेने दाजु शाह फहदको निधनपछि राजा भएका थिए । तर त्यसभन्दा १० वर्षअघिदेखि नै उनैले सरकारको बागडोर समालेका थिए । शाह फहद बिरामी भएका कारण शासन सञ्चालन गर्न असक्षम थिए । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्