सभासद अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समिति बदर
Advertise Here Book Now

-रामभरोसी महतो
सिरहा, २२ पुस ।
कांग्रेसका सभासद् पदमनारायण चौधरी अध्यक्ष रहेको जिल्लास्थित लहान ७ स्थितका पशुपति आदर्श उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समितिलाई पुनरावेदन अदालत राजविराजले बदर गरेको छ ।
मुख्य न्यायाधीश इश्वरप्रसाद खतिवडा र न्यायाधीश राजेश्वर तिवारीको इजलासले सभासद् चौधरी अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समिति बदर गर्न र समितिका लागि अर्को निर्वाचन गर्न आदेश दिएको हो ।
शिक्षा ऐन २०२८ तथा शिक्षा नियामावली २०५९ विपरित लहान स्थित पशुपति आदर्श उच्च माविको अभिभावक रहेका लहान १ मटियर्वा निवासी नेपाली कांग्रेसबाट सिरहा क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित सभासद् चौधरीलाई जिल्ला शिक्षा कार्यालयको मिलिभगतमा अध्यक्ष बनाएकोले बदर गरी पॉउ भन्दै नेकपा एमाले सिरहा जिल्लाका सदस्य समेत रहेका सो विद्यालयका अभिभावक लहान ९ निवासी विष्णु साहले गत श्रावण २० गते निषेधाज्ञा उत्प्रेषण र परमादेशको रिट दायर गरेको थियो ।
उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिका लागि गत श्रावण ५ गते डाकिएको अभिभावक भेलामा जर्वरजस्ती तरिकाले सभासद् चौधरीलाई अध्यक्ष बनाउने प्रस्ताव आएपछि भेलाबाट विरोध हुदा सो दिन समिति चयनका लागि महेश चौधरीको संयोजकत्वमा सहजीकरण समिति बनाई भेला स्थिगित गरिएको थियो । महेश चौधरीको संयोजकत्वको सहजीकरण समितिले शिक्षा कार्यालयको प्रतिनिधिको मिलिभगतमा सभासद् चौधरीलाई श्रावण ७ गते विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरी समिति बनाएको थियो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्