प्रचण्ड सिरहामा , अंकगणितका आधारमा आउने संविधानलाई आफूहरुले नमान्ने :- प्रचण्ड
Advertise Here Book Now


श्रीकान्त झा , सिरहा । पौष ३०
एममाओवादीका अध्यक्ष तथा आन्दोलनरत ३० दलीय मोर्चाका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० ले अंकगणितका आधारमा आउने संविधानलाई आफूहरुले नमान्ने बताएका छन्। वघोषित गोलबजार नगरपालिकाको प्रथम नगर परिषदको बुधबार उद्घाटन गर्ने क्रममा उनले भने, संविधान सहमतिमा ल्याउनुपर्छ। कांग्रेस एमालेले हामीलाई पेलेर बहुमतको बलमा जबरजस्ती संविधान ल्याउन खोज्दैछन्। अंकगणितबाट आउने संविधानलाई हामी मान्देनौं।उनले संविधान निर्माणमा देखिएका समस्या फुकाउने बल अब सरकारमा बस्ने राजनीतिक दलहरुको कोर्टमा रहेको बताए। संविधान कसरी र कस्तो बनाउने भन्ने कुरा अन्तरिम संविधानको मर्ममै उल्लेख गरिएको छ, उनले भने–‘त्यसैले अन्तरिम संविधानको मर्म नुसार संविधान निर्माण गर्ने प्रयास गरियो भने माघ ८ मै सहमतिको आधारमा संविधान निर्माण हुन सक्छ।’ उनले संविधान निर्माणका लागि हामीले गरेका प्रतिबद्धताको दिन आइसकेको भए पनि उक्त दिनमा संविधान नआएको खण्डमा सबैभन्दा बढी दुख आफैलाई लागेको बताए।
उनले यदि सरकारमा रहेका राजनीतिक दलहरु सहमतिमा आउने प्रयास गरे भने आजै बेलुका बस्ने ३० दलीय मोर्चाको बैठकले त्यसबारे विचार गर्ने र भोलि ९बिहीबार० काङ्ग्रेस र एमालेसँग हुने बैठकमा सहमति गर्ने धारणा व्यक्त गरे । ‘अंकगणितीय आधारमा संविधान निर्माण गरिन खोजियो भने हामी पनि त्यसको विरोधमा कडा प्रतिवाद गर्न बाध्य हुनेछौ’, उनले भने–विस्तृत शान्ति सम्झौतामा जे जति लेखिएको छ, त्यसलाई अहिलेको सरकारले कागजको खोस्टो बनाएर उल्टै सत्तामा रहेका दलहरुले आफूहरुले संविधान ल्याउन नदिएको भनेर भ्रमको खेती गरिरहेका छन् ।मधेशको नाम सुन्नै नचाहने प्रवृतिले अहिले नेपालमा राजनीतिक ध्रुवीकरण बढाइरहेको र यसमा एमालेका नेताहरु झन अगाडि देखिएको आरोप लगाउँदै उनले भने –अहिलेको लडाईं भनेको परिवर्तनको प्रक्रियालाई निरन्तरता दिने र रोक्नेहरु बीचको हो ।सद्भावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारमा रहेका दलहरुले दुई तिहाई बहुमतको दम्भ देखाइरहेको आरोप लगाउँदै पुर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले गरेको सम्झौतालाई समेत अहिलेको सरकारले नमानिरहेको बताए।

उनले मधेशको अपमान गर्नेहरुलाई मधेशवादी दल र मधेशी जनताले कहिल्यै नछोड्ने चेतावनी दिंदै जबसम्म सम्पूर्ण मधेश एक स्वायत्त प्रदेश हुँदैन तबसम्म आफूहरुको आन्दोलन नरोकिने बताए परिषदमा गोलबजार नगरपालिकाका निमित्त कार्यकारी अधिकृत बलिराम यादवले आर्थिक वर्ष २०७२÷७३ का लागि छ करोड ४५ लाखको बजेट प्रस्ताव गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्