प्रहरी गाडी माथी तोडफोड गर्ने ४ युवा पक्राउ , अविलम्ब रिहा गर्न मांग
Advertise Here Book Now


  श्रीकान्त झा , सिरहा । माघ ७ / बलिदानि दिवसको समयमा सम्वोधन गर्न आउदै गरेको सि के राउतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा उत्रेको यूवा र प्रहरी विच लहानमा सोमबार भएको झडपको क्रममा प्रहरीको गाडीलाई तोडफोड गरेका चार यूवालाई पक्राउ गरी मुद्धा चलाइएको छ i तेनुवापट्टी गाविस–३ का धिरजकुमार यादव, लहान नपा–१ का रोशन चौधरी, देबु चौधरी र अजय गुप्ता रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिएका छन।पक्राउ परेका चारै यूवालाई म्याद थप गरि जिल्ला प्रहरी कार्यलयमा राखिएको छ । यता, पक्राउ परेका यूवा माथि चलाइएको मद्धा फिर्ता लिई अविलम्ब रिहा गर्न एकीकृत नेकपा माओवादी, फोरम नेपाल, सद्भावना पार्टी, फोरम लोकतान्त्रिक लगायतका पार्टीद्धारा संयुक्तरुपमा विज्ञप्ति जारी भएका छन्।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्