एमालेको नवौ जिल्ला अधिवेशान सम्पन्न जिल्ला अध्यक्षमा यादव निर्वाचित
Advertise Here Book Now

  
श्रीकान्त झा । सिरहा , माघ ३ -नेकपा एमाले जिल्ला अधिवेशन सिरहाको लहानमा सम्पन्न भएको छ ।सिरहाको लहानमा सम्पन्न नवौं जिल्ला अधिवेशनको निर्वाचनमा प्रतिद्धवन्धि रामऔतार यादवलाई ३२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा प्रमोद यादव विजय भएको छ । अध्यक्षमा प्रमोदले ३ सय र रामऔतारले २६८ मत प्राप्त गरे । त्यस्तै यादवकै प्यानलका उपाध्यक्षमा उत्तमबहादुर मगर, सचिवमा योगेन्द्र सिंह, उपसचिवमा अशोककुमार यादव, लेखा आयोग प्रमुखमा बाबुनाथ यादव, लेखा आयोग सदस्यमा बोधलाल शेष्ठ, रामचन्द्र यादव निर्वाचित भएका छन् भने सदस्यहरुमा रविन्द्र साह, जगदिस महतो, आशा यादव , सरियार चौधरी, सागरदेवी चौधरी, निर्मला बास्तोला, मञ्जु साह, प्रमिला कुमारी राई लगायत निर्वाचित भएका छन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्