आज श्रीपञ्चमी अर्थात सरस्वती सिरहा सहितको स्थानमा पुजा गरिदै
Advertise Here Book Now

श्रीकान्त झा । सिरहा । माघ ११
विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी हिन्दु नेपालीहरुले आज सिरहा सहितका सरस्वती पूजा मनाउदै छन् । बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन सुरु गरिन्छ । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आआफ्ना कलासाधनाका उपादानहरु कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन् । सूर्य उत्तरतिर लागि दिन लामा हुनेर बसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई बसन्तपञ्चमी पनि भन्ने गरिन्छ । आजबाट शिशीर ऋतुको समाप्ति र वसन्त ऋृतुको सुरुवात हुने गर्दछ । हिन्दुधर्मालम्वीका साथै बौद्ध धर्मालम्बीहरुले पनि विद्याधका प्रतीक मञ्जुश्रीको पुजाआरधना गर्ने चलन छ । आजै काठमाण्डूको बसन्तपुरमा रहेका हनुमानढोकामा श्रीपञ्चमीको अवसर पारेर बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यस्तै राजधानीको स्वयम्भुमा रेहको सरस्वती मन्दिर सहित देशभरका सरस्वतीका मन्दिरमा पुजाका लागि बिहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लागेको छ ।



,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्