यस्तो छ मोर्चाको दुई महिने आन्दोलन कार्यक्रम
Advertise Here Book Now



काठमाडौं, १२ माघ ।
एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी गठबन्धनले सहमतिमा संविधान जारी हुने सम्भावना समाप्त भएको ठहर गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सत्तापक्षको निरंकुश शैलीका कारण सहमति नभएको भन्दै मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
एमाओवादी संविधानसभा दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको ३० दलीय मोर्चाको बैठकले दुई महिने आन्दोलनका कार्यक्रम तय गरेको हो ।
आन्दोलनका कार्यक्रम अनुसार गठबन्धनले माघ १२ देखि २० गतेसम्म सबै दलले आन्तरिक तयारी गर्ने, माघ २१ देखि २९ गतेसम्म गाउँरनगर र निर्वाचन क्षेत्र स्तरमा अन्तरक्रिया, सभा, भित्ते लेखन र पर्चा वितरण गर्ने, फागुन १ देखि १० गतेसम्म जिल्लास्तरीय धर्ना, घेराउ, जनप्रदर्शन र सभा गर्ने कार्यक्रम बनाएको छ ।

यस्तै फागुन १६ मा काठमाडौंमा विशाल जनप्रदर्शनसहित सभा गर्ने तथा फागुन १७ देखि चैत १५ गतेसम्म विभिन्न प्रकृतिका सशक्त क्रियात्मक आन्दोलन सञ्चालन गर्ने निर्णय पनि मोर्चाले गरेको छ ।
३० दलीय मोर्चाले चैत १५ गते देखि निर्णायक आन्दोलन थाल्ने बताएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्