यस्तो छ सभाध्यक्षको कदमपछि विप्लवद्वारा ३ बुँदे धारणा
Advertise Here Book Now


संविधानसभा त्यागे एमाओवादीले सहकार्य  


 अनलाईन सिरहा सम्वाददाता काठमाडौं, माघ १२–

 संविधानसभाभित्र नरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले एमाओवादीसहितको विपक्षी दललाई संविधानसभा छाड्न सुझाव दिएको छ ।
 उनले परिस्थितिमा प्रतिक्रियावादी संसदभित्र सम्भावनाका खोजी गर्ने बाहना गर्नु एमाओवादी लगायतका कतिपय संसदवादी ‘बामपन्थी शक्ति’का लागि मृगमरिचीका बाहेक केही हुन नसक्ने समेत ठहर गरेको छ ।
हिजो संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले विपक्षीको विरोका बाबजुत प्रश्नावली समितिको घोषणा गरेसँगै आफ्नो ३ बुँदे धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो सुझाव दिएका हुन् ।
‘ विपक्षी दलहरुले जनताको पक्षमा संघर्ष गरेकै हुन भने संसदवादीको कुनैपनि भ्रममा नपरी त्यो प्रतिक्रियावादी संसदबाट राजीनामा गरी जनताको बिचमा आउन र अर्को राजनैतिक सहमतिको पक्षमा संघर्षमा उत्रनका लागि पुन आग्रह गर्दछौ’, विप्लवले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।



,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्