एक खिल्ली चुरोट बेचे १० हजार जरिवाना
Advertise Here Book Now

काठमाडौं, माघ १– सरकारले सुर्तीजन्य पदार्थको फुटकर बिक्रीमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । अब कुनै व्यापारीले चुरोेट, बिँडी तथा सिगारजस्ता सुर्तीजन्य पदार्थमा खिल्लीमा बिक्री गरेमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
cigret
सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न जरिवानासहितको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, ०७१’ मंगलबार जारी भएको हो ।
स्वास्थ्य मन्त्रस्तिरीय निर्णयबाट सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, ०६८ र नियमवाली भएका अस्पष्टता हटाउन निर्देशिका जारी भएको मन्त्रालयले जनाएको छ ।
निर्देशिका जारी भएसँगै सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न बनेका ऐन तथा नियमवालीमा चएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न बाटो खुलेको छ ।
निर्देशिकाको दफा २८ मा चुरोट, बिँडी, सिगार र इलेक्ट्रोनिक सिगरेटजस्ता सुर्तीजन्य पदार्थको खिल्ली फुटकर वा खुद्रा रुपमा बिक्री–वितरण गर्न नपाउने उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
-

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्