केपी ओलीलाई सीके राउतको ‘धन्यवाद’ (अडियोसहित)
Advertise Here Book Now

'यसले स्वतन्त्र मधेसलाई फाइदै पुर्‍याउँछ
'१५ माघ, राजविराज । मधेसलाई अलग्गै राष्ट्र बनाउनुपर्छ भन्दै आएका डा. सिके राउतले एमाले अध्यक्ष केपी ओलीलाई  धन्यवाद दिएका छन् । ओलीको अभिव्यक्तिले आफ्नो अभियानलाई फाइदा पुगिरहेको भन्दै डा. राउतले उनलाई धन्यवाद दिएका हुन् ।
kp-and-ck
‘म नेपाल सरकारलाई पनि धन्यवाद दिन चाहन्छु, केपी ओलीलाई पनि धन्यवाद दिन चाहन्छु, राजविराजमा रहेका डा. राउतले भने, ‘ममाथि दमन गर्ने पुलिसहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’
केपी ओलीले मधेसी नेताका सम्बन्धमा दिइरहेको अभिव्यक्तिलाई डा. राउतले ‘मालिक र नोकरवीच प्रयोग हुने शब्द’को संज्ञा दिए ।
राउतले भने- ‘यस्तो भएपछि थाहा नभएका जनताले पनि थाहा पाउँछन् र यसले निश्चिय नै स्वतन्त्र मधेस अभियानलाई बल पुग्छ । राज्यले दमन गरेपछि सबै जनताले थाहा पाउँछन् र यसले स्वतन्त्र मधेसलाई फाइदै हुन्छ ।’
सुन्नुहोस् अडियो
युरोपेली राजदूतसँगको भेटबारे
राउतले वाक स्वतन्त्रता बारम्बार हनन भइराखेकोले ज्ञापनपत्र दिने प्रक्रियाअन्तरगत युरोपेली राजदुतहरुलाई भेटेको बताए । उनले भने- ‘त्यसमा ठूलो मान्नुपर्ने कुरा थिएन, तर प्रतिक्रियाचाहिँ ठुलै देखियो । त्यो कतै न कतै एउटा असुरक्षावोधले होला जस्तो लाग्छ ।’
ज्ञापनपत्र दिने प्रक्रियाअन्तरगत मानवअधिकारवादी संस्था, राष्ट्र संघ,  भारत र अमेरिका लगायतका दूतावासमा पनि गिरफ्तार हुनुभन्दा पहिले पनि पत्र पठाउने गरेको राउतले बताए ।
आफ्नो कारणले माघ ८ मा संविधान बनेन भन्ने आरोप नलागोस् भनेर माघ १५ सम्म केही दिनका लागि आफूले अभियान स्थगित गरेको र अब फेरि सुरु गर्ने उनले बताए ।
उनले भने- ‘हामीलाई देखाएर उथल-उथल गरेर संविधान नबनाउने बाहना बनाएको र हामीमाथि दोष थोपर्न खोजेकाले हामीमाथि दोष नथोपरियोस् भनेर अभियान स्थगित गरेका हौं ।’
वीरगञ्जमा प्रहरीले मधेसी समुदायमा रंगभेदी गाली दिएकाले जनताले प्रहरीमाथि प्रतिकार गरेको उनले बताए ।
हतियार पनि नउठाउने, चुनावमा पनि भाग नलिने
प्रहरीसँगको मुठभेडमा खुट्टो भाँचिएर बैसाखीमा हिँड्ने गरेका राउतले मधेसमा तीनवटा राजनीतिक धार रहेको बताए ।
‘हामीले क्लियर्ली भन्ने गरेका छौं, यहाँ तीन धार छन् । एउटा संसदीय राजनीतिमा विश्वास राख्ने, अर्को सशस्त्र राजनीतिमा विश्वास राख्ने र हाम्रो चाहिँ वीचको धार हो ।’ राउतले भने- ‘हामी चुनाव पनि नलड्ने, हतियार पनि नउठाउने । शान्तिपूर्ण मार्गबाटै स्वतन्त्रता हासिल गर्ने ।’
उनले मधेसमा जनमतसंग्रह भए त्यसलाई चाँहि स्वीकार गर्ने बताए ।
डा. राउतले आफूले पार्टी गठन नगरेको बताए । ‘हामी संरचना बनाउने प्रक्रियामा छौं, उनले भने, ‘यो पार्टीचाँहि होइन ।’
                                                                                                              -Onlinekhabar

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्