सरसफाईमा रतौली पनि अगाडि
Advertise Here Book Now


रंजन भण्डारी
जलेश्वर , पौष १९ गते ।

महोत्तरीको गाविस रतौलीका बासिन्दाहरु युएन ह्याविटको सहयोग  र आरवाईसी,महोत्तरीको सहजिकरण तथा डिवास सिसि,महोत्तरीको समन्वयमा खुल्ला दिशा मुक्त अभियान अन्तर्गत शनिवार रतौलीको बाटो , चौराहाहरुमा सरसफाई गरेका छन ।  महोत्तरीलाई नै खुल्ला दिशा मुक्त क्षेत्र घोषण गर्न जलेश्वर,बल्वा लगायतको ठाउमा पहिले देखि नै अभियानहरु संचालन हुदै आएकोमा अब रातौलीबासीहरु पनि सहकार्यमा जुटेका छन ।डिवास सिसिको लागी जिल्ला विकास समितिको तर्फबाट सरसफाई फोकल व्यक्ति मिस्रीलाल यादवको अध्यक्षतामा सम्पन्न सो सरसफाई अभियानमा बाटो वरपर थुपारिएको खरानी , पराल, कसिंगर आदी जस्ता फोहरमैला को साथै बाटोको छेउमै गरिएको दिशा समेत सफा गरिएको थियो र अब उप्रान्त दिशा र फोहर नगरि गाउलाई सफा र स्वच्छ राख्न समेत अनुरोध गरिएको थियो । स्थानियहरुले सरसफाईको महत्व बुझिसकेकोले अब सरसफाई को कामलाई निरन्तरता दिने र बाटो घाटोमा दिशा नगर्ने प्रतिबद्धता समेत जनाएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्