कक्षा ११ को परीक्षाफल आज
Advertise Here Book Now

उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले आज कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्दै छ ।  सोमबार दिउँसो परिषद्ले परीक्षाफल सार्वजनिक गर्ने तयारी  गरेको उच्च माध्यामिक शिक्षा परिषद्ले जानकारी दिएको छ ।  
परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले सवै तयारी पूरा भइसकेकोले आज दिउसो परीक्षाफल सार्वजनिक गर्ने जानकारी गराए । उनका अनुसार सोमबार परिषद्को बोर्ड बैठक डाकेर परीक्षा सार्वजनिक गर्ने कायक्रम  रहेको छ ।
परिषद्ले विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा सवै संंकायको एकैपटक परीक्षाफल सार्वजनिक गर्न थालेको हो । परीक्षा संचालन भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यक्रम भए पनि परिषद्ले ९ महिनापछि परीक्षाफल सार्वजनिक गर्न थालेको हो । कक्षा ११ को परीक्षा बैशाखको अन्तिमदेखि सुरू भएको थियो ।
 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्