मोटर बनाउँदै आएको हुलासले अब मोटरसाइकल बनाउने
Advertise Here Book Now

सम्बाददाता-
Bajaj Autoनेपालमा सबैभन्दा बढी प्रयोग हुने मोटरसाइकलको उत्पादन सुरु हुने भएको छ । भारतको बजाज मोटरसाइकलको नेपालस्थित आधिकारिक विक्रेता हंसराज हुलासचन्द गोल्छा समूहले ती मोटरसाइकल नेपालमै उत्पादन गर्ने भएको हो ।
नेपालमा विक्री हुने मोटरसाइकलमा बजाजको हिस्सा अत्यधिक रहेको छ । गएको बर्ष मात्रै १ लाख ७५ हजार ३ सय वटा बिक्री भयो, जसमा बजाज कम्पनीका मोटरसाइकलको संख्या करिब ५० हजार थियो ।
गोल्छा समूहले वार्षिक १८ हजार मोटरसाइकल उत्पादन गर्ने गरी उद्योग विभागमा गत असोज ८ गते हुलास अटोक्राफ्ट प्राल िदर्ता गरेको हो । विभागको वेबसाइटमा उपलब्ध विवरण अनुसार २४ करोड रुपैयाँ लगानी गरिने उक्त उद्योग नवलपरासीको रामग्राममा रहनेछ ।
बर्षेनी १२५ सिसिका ८ हजार वटा र १५० सिसिका १० हजार वटा बाइक उत्पादन गर्ने लक्ष्य राखिएको छ । तर बजाजको कुन कुन मोडल उत्पादन गर्ने भन्ने खुलाइएको छैन । देशमै उत्पादन हुने भएकाले केही सस्तो हुने अनुमान गरिए पनि यसबारे कम्पनीले आधिकारिक रुपमा प्रष्ट पारेको छैन् ।
यसअघि गोल्छा अर्गनाइजेनले बिराटनगरमा मोटर उत्पादन गर्दै आएको छ । गोल्छाद्वारा उत्पादित मुस्ताङ म्याक्स गाडी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चढेपछि निक्कै चर्चा भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्