मानवअधिकारको धज्जी उडाउँदै प्रहरी
Advertise Here Book Now

nepali policeकिरण कर्ण
जनकपुरधाम । जनकपुरको विभिन्न चोकहरुमा प्रहरीले खुल्लेआम रुपमा मानवअधिकारको धज्जी उडाइरहेको दृश्य सहजै रुपमा देख्न सकिन्छ ।
जसको कारणले गर्दा सर्वसाधारण प्रहरीको आचरणबाट भयभित छन् ।
स्थानीय प्रशासन जनसम्बन्ध विस्तारका लागि राष्ट्रव्यापी रुपमै मुस्कानसहितको अभियान चलाएको थियो । सो अभियान अभियानमै सीमित भएको प्रष्ट छ । व्यवहामा लागू नभएपछि तराई–मधेसमा काम गर्ने मानवअधिकारवादी र अन्य संस्थाहरु चिन्तित छन् ।
जनकपुरमा हुने विभिन्न किसिमका सानोतिनो सभा, आन्दोलन तथा जमघटको क्रममा खटिएको क्रममा अधिकांश प्रहरी जवान तथा प्रहरी अधिकारीहरुले भीड नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी कार्यालयले परिचालन गर्ने गर्दछ ।
तर खटिएका ती प्रहरीहरुको पोसाकमा न फुली नै हुन्छ न त नाम लेखेको वैच नै हुन्छ ।
जनकपुरमा दुई दिनदेखि भएको विभिन्न आन्दोलनको कार्यक्रमहरुमा पनि प्रहरीको उस्तै रवैया देखिएको थियो । सो क्रममा प्रहरीहरुले भीडलाई तितरवितर गर्नका लागि जम्मा भएका प्रहरीहरुले लगाएको पोसाकमा नाम र फुलीको वैच देखिएन । शुक्रबार जनकपुरको रामानन्द चौकमा निर्माण व्यवसायी संघ धनुषाको आयोजनामा भएको स्थानीय प्रशासनको विरोधमा गरिएको एक घण्टे चक्काजामको क्रममा पनि उही दृश्यहरु देखिएको थियो भने शनिबार ३३ दलीय मोर्चाले स्थानीय स्तरमा भएको विरोध कार्यक्रममा पनि सोही दृश्य देख्न सकिन्थ्यो ।
मानव अधिकार आयोगद्वारा जारी निर्देशिकामा ‘कोड आँफ कन्डक्ट फाँर ल इन्फोर्समेन्ट पुलिस अफिसर’ कानुन कार्यान्वयन गर्ने पुलिस अधिकारीहरुको लागि आचारसंहिता तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार यूएनको जारी आचारसंहितामा पनि उल्लेख रहेको छ, जुन प्रहरीले भीड नियन्त्रण गर्ने क्रममा नाम र पदको चिन्हको बैच आफ्नो पोसाकमा अनिवार्य रुपमा लगाउनै पर्ने हुन्छ ।
तर यता भने स्थानीय प्रहरी प्रशासन मानव अधिकार तथा अन्तर्राष्ट्रिय आचारसंहिताको दिनदहाडै खिल्ली उडाउने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईले भने– ‘दंगा तथा भड नियन्त्रणमा वा अन्य कुनै प्रयोजनका लागि खटाईएको प्रहरीहरुले पोसाकमै नेमप्लेट र पदको चिन्ह अनिवार्य रुपमा लगाउनु पर्ने हुन्छ ।’
उनले थपे – ‘चिसो भएकोले गर्दा प्रहरी जवानहरु पोसाक माथि स्वीटर अथवा जर्सी लगउने गरेकाले नदेखिएको हुनसक्छ ।’  हाम्रो स्पष्ट आदेश छ, परिचालन गरिएको प्रहरी अधिकारी तथा जवानको पोसाक माथि नाम प्लेट अनिवार्यरुपमै लगाउनु पर्ने हुन्छ ।
तर जनकपुरमा विगतमा भएको विभिन्न किसिमका आन्दोलन तथा सभा सहितका आयोजित कार्यक्रममा पुलिसले बलजफ्ती रुपमा बलप्रयोग सिद्धान्तकै प्रयोग गर्नको लागि पनि पुलिसको पोसाकमा नाम वाला बैच नलगाउने गरेको प्रचलन परम्पराकै रुपमा बढेर गएको आरोप जनकपुर नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रको रहेको छ ।
जसको कारणले आन्दोलनको समयमा सर्वसाधारणहरु पुलिससामु जानदेखि समेत भयभित हुने गरेको अध्यक्ष मिश्रको भनाई रहेको छ । त्यस्तै सर्वसाधारणहरुले आफ्नो अधिकारको लागि स्थानीय प्रशासन समक्ष नगई सडक जाम तथा आन्दोलन गर्ने प्रचलन बढेर गएको स्थानीयवासी नवीनकुमार मण्डलले बताए ।
Source:Jhilko

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्