मिर्चैयामा ओलीको पुत्ला दहन ।
Advertise Here Book Now



राम नारायण पंडित,सिरहा, २५ पौष ।

भारतको विहार र उत्तर प्रदेश पनि सम्मै छन् त्यो पनि दाबी गर्नुहुने हो कि ?   भन्ने अभिव्यक्ति बिरुद्ध शुक्रबार सिरहाका मिर्चैयामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नेकपा एमालेका अध्यक्ष केपी ओलीको पुत्ला दहन गरेका छन । ओलीले बुधबार काठमाडौंमा आयोजित मधेशी मोर्चा सहितको बैठकमा मधेशी दलहरुलाई होच्याएर दिएको अभिव्यक्ति बिरुद्ध काठमाडौं लगायत मधेशका अधिकांश जिल्लाहरुमा बिहीबार नै पुत्ला दहन गरिएको थियो । उहाँले बैठकमा व्यङग्यात्मक शैलीमा ‘सबै सम्म भूभाग उहाँहरुलाई (मधेसवादी दललाई) चाहिने भए सबैका आँगन पनि सम्म हुन्छन्, त्यो पनि चाहियो भन्नुहोला, अनि छिमेकमा विहार र उत्तर प्रदेश पनि सम्मै छन् त्यो पनि दाबी गर्नुहुने हो कि ? भनेपछि बैठकमा मधेसवादी नेताहरु उत्तेजित भएको बैठकमा सहभागी नेताले जानकारी दिनुभयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अध्यक्ष ओलीको मधेश र मधेशीप्रतिको प्रहार प्रति आपती जनाउदै मिर्चैयामा पुत्ला दहन गरेको हो । शुक्रबार मिर्चैया बजारबाट ओलीको पुत्ला सहित सुरु भएको बिरोध प्रदर्शन नगरका बिभिन्न भागको परिक्रमा गर्दै स्थानिय थाना चौकमा पुगेर पुत्ला दहन गरिएको थियो । पुत्ला दहन गर्ने क्रममा ओली बिरुद्ध मोर्चाले उग्र नाराबाजी गरेका थिए । पुत्ला दहन पछि आयोजित कोण सभामा एमाओबादीका बिरबहादुर यादब, मधेशी जनअधिकार फोरम नेपालका रामदयाल यादब, अजय यादब, फोरम गणतान्त्रिकका बिमल यादब, राष्ट्रिय मधेशी मुक्ति मोर्चाका बिन्देश्बर यादब, सदभाबनाका रेणुु शर्मा, हरि किशोर महतो, तमलोपाका चन्द्रकला साह, तमसपाका धिरेन्द्र साह लयायतका स्थानिय नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो । पुत्ला दहन गर्ने क्रममा पुर्ब पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया सडक खण्ड केही समय अबरुद्ध भएको थियो । पुत्ला दहन गर्ने क्रममा कुनै किसीमका अप्रिय घटना हुन नदिन ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाले सुरक्षाकर्मीहरुलाई नगरमा तैनाथ गरिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्