संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन
Advertise Here Book Now

DSC00475राम नारायण पंडित, सिरहा, २१ पौष ।
मधेशी पार्टीहरुलाई सुदृढ र संगठित बनाउनका लागि सिरहाको मिर्चैयामा सोमबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन गरिएको छ । तमसपाका केन्द्रिय महासचिब राम कुमार मंडलको अध्यक्षतामा गठन गरिएको नगरस्तरीय मोर्चामा ७ वटा मधेशबादी पार्टीहरु रहेका छन । मोर्चामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम नेपाल, तमलोपा, तमसपा, राष्ट्रिय मधेश समाजबादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक रहेका छन । कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालका केशब साह, अजय कुमार यादब, राम दयाल यादब, प्रेम शरण यादब, सदभाबनाका धनपैत साह, तमसपाका प्रदिप साह, ललन साह, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका किरण यादब, तमलोपाका चन्द्र कला देबि, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सत्य नारायण यादब र रामसपाक प्रदिप मंडल लगायतको सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्